Friday 3rd July 2026

तमू समाज कुवेतको १० जनवरीमा हुने ल्हाेसार कार्यक्रमकाे सम्पूर्ण तयारी अन्तिम चरणमा


तितोपाटी-तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । साँस्कृतिक पर्व ‘तमू च्यु ल्होसार’ १० जनवरीमा (२०२० शुक्रबार) हिजुल कबड एरियामा विविध खेलकुद र सांस्कृतिक प्रस्तुतिहरुको साथ सम्पन्न हुने भएको छ।

प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ स्थापित समाजले स्थापान काल देखी हरेक बर्ष बिबिध कार्यक्रम गरी ल्होसार मनाउदै आएको समाजले यो बर्ष पनि बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ धुमधाम तरिकाले मनाउने भएको छ। खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होसार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई हातेमालो गर्दै जाने उद्देश्यले तमू समाज, कुवेतले ल्होसार पर्व एक समावेशी ढंगबाट मनाउने भएको हो।

उक्त कार्यक्रममा समाजले कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थिति जनाई सफल बनाइदिन आयोजकले अनुरोध गरेको छ।

कार्यक्रमको विवरण
स्थान:- हिजुल कबड एरिया, ब्लक नं. – २ ।
मिति:- १० जनवरी २०२० शुक्रबार ।
समय:- दिउँसो ११ बजे देखि ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...