Monday 27th July 2026

अमेरिकाको साउथ डकोटामा विमान दुर्घटना हुँदा ९ को मृत्यु, ३ घाइते


तितोपाटी -संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर दुर्घटनाग्रस्त भएको उक्त बिमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका छन् । मृत्यु हुनेहरुमा दुई बालबालिका समेत रहेका छन् ।

एकल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त बिमान च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ । मृत्यु हुनेहरुमा बिमानका पाइलट पनि रहेका छन् । बिमानमा कूल १२ जना सवार थिए । उक्त बिमान छिमेकी इडाहो राज्यको इडाहो फल्स क्षेत्रीय बिमानस्थलतर्फ उडिरहेको थियो ।

अमेरिकी सञ्चार माध्यमका अनुसार घाइतेहरुलाई राज्यको सिओक्स फल्स नामक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अमेरिकी नागरिक उड्डयन कार्यालयले उक्त बिमान दुर्घटनाका बारेमा छानबिन थालेको जनाएको छ । साउथ डकोटाको च्याम्बरलिन क्षेत्रमा बाक्लो हिउँ सहितको आँधी आएका कारण बिमानका उडानहरु प्रभावित भएका छन् ।

-एएफपी


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

क्यास्पियन सागरमा इरानी व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणपछि इरानले कीभविरुद्ध कडा चेतावनी दिएको छ। उक्त आक्रमणमा एक नाविकको मृत्यु हुनुका…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको जारी द्वन्द्वका बीच कठिन निर्णयको सामना गरिरहेका छन्। १३ दिनसम्म लगातार हवाई आक्रमण गरेपछि अमेरिकाले…

प्रतिकृयाहरू
...