Tuesday 22nd September 2026

अर्घाखाँची -बस दुर्घनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो


तितोपाटी- बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानी बजार नजिकैको घुम्तीमा सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस  दुर्घटना भएको थियो ।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्। अहिलेसम्म सत्र जनाको घटनास्थलमा नै मृत्यु भएको उद्दारमा खटेका प्रहरी निरीक्षक सुरज सुवेदीले जानकारी दिए।मृत्यु हुनेमा १० पुरुष र ७ महिला छन्। मृतकको सनाखत हुन सकेको छैन।घाइतेलाई उपचारका लागि बुटवल पठाइएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए। घाइतेको उद्धार जारी रहेको छ।बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ।

 

 


सम्बन्धित शीर्षकहरु

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

प्रतिकृयाहरू
...