Thursday 22nd October 2026

नेपाली जनसम्पर्क समिति कुवेतको प्रवक्तामा शंकर कुमार लिंखा चयन


तितोपाटी – नेपाली जनसम्पर्क समिति कुवेतको सभापति राजेन्द्र बिरहीको सभापतित्वमा आज बसेको दोस्रो बैठकले प्रबक्तामा शंकर कुमार लिंखा र कार्यसमिति सदस्यमा तारा वीर सुवेदी र गङ्गा हस्तालाई सर्वसम्मत चयन गरेको छ ।

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन गत २७ सेप्टेम्बरमा काङ्ग्रेसका महामन्त्री तथा नेपाल सरकारका पुर्व गृहमन्त्री पुर्ण बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको थियो । नेपाली जनसम्पर्क समिति कुवेतको दोस्रो बैठक ८ नोभेम्बर शुक्रबारको दिन कुवेत स्थित फर्वानिया गार्डेनमा सम्पन्न भएको हो ।

नेपाली जनसम्पर्क समिति कुवेतका सल्लाहकार मन्जित चम्लिङ राई, सभापति राजेन्द्र बिरही लगायतले प्रवक्ता र नयाँ सदस्यहरुलाई खादा ओढाएर स-सम्मान साथै प्रमाणपत्र प्रदान गरिएको सभापति राजेन्द्र बिरहीले तितोपाटीलाई जानकारि दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...