Monday 7th September 2026

बलात्कार प्रयास गरेको मुद्दामा निवर्तमान सभामुख महरालाइ थुनामा राखी कार्वाही गरिने


तितोपाटी – याैन दुर्ब्यवहार मुद्दामा निवर्तमान सभामुख कृष्ण बहादुर महरालाइ थप अनुसन्धान गर्न पुर्पक्षको लागि थुनामा राखिने भएको छ । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख महरालाई बलात्कार प्रयाश अभियोगमा थप अनुसन्धान गर्न पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि थुनामा राखेर अनुसन्धान गर्न लागिएको हो । सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

अब महरालाई थुनामा राखेर थप अनुसन्धान गरिनेछ। महराको मुद्दामा आइतबार र सोमबार गरी दुइदिन सम्म थुनछेक बहस भएको थियो। आदेशसँगै महरालाई मुद्दाको टुंगो नलागेसम्म डिल्ली बजार कारागारमा राखिने छ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा प्रहरीले महराविरुद्ध शुक्रबार ५ देखि ७ वर्षसम्म सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो।


सम्बन्धित शीर्षकहरु

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

इजरायलले आगामी दिनमा एकैपटक विभिन्न मोर्चाबाट अचानक युद्ध सुरु हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्नो सैन्य तयारी तीव्र बनाएको छ। इजरायली…

प्रतिकृयाहरू
...