Thursday 22nd October 2026

आईएसका नेता बग्दादी मारिएपछि नेता बने अबु इब्राहिम


तितोपाटी – इस्लामिक स्टेट (आईएस)ले अबु इब्राहिम अल–हाशमीलाई नयाँ नेता चुनेको छ । अमेरिकी सेनाले सिरियामा गरेको कारबाहीमा आफ्नो नेता अबु बक्र अल बग्दादीको मृत्यु भएपछि इस्लामिक स्टेटले इब्राहिमलाई नयाँ नेता चुनेको हो ।

एक अडियो सन्देश मार्फत २७ अक्टोबरमा बगदादी मारिएको पुष्टि गर्दै आईएसले आफ्ना प्रवक्ता अबु अल हसन अल मुहाजिर पनि मारिएको जनाएको छ । यस्तै अबु हम्जा अल कुरैशीले नयाँ प्रवक्ताको जिम्मेवारी पाएको आईएसले जनाएको छ । उनले आईएसका नयाँ नेता अबु इब्राहिम अल–हाशमीसँग हात मजबुत बनाउन मुस्लिम समुदायलाई आह्वान गरेका छन् ।

बीबीसीका अनुसार अबु इब्राहिम अल–हाशमी अमेरिकी सुरक्षा बलका लागि परिचित नाम होइन । इस्लामिक स्टेटले पनि आफ्नो नयाँ नेतृत्वको बारेमा धेरै जानकारी दिएको छैन । उनको तस्वीर पनि सार्वजनिक गरिएको छैन । तर इस्लामिक स्टेटले भनेको छ, अल–हाशमी पुरानो जिहादी लडाकु हुन् र उनी पश्चिमाविरुद्ध धेरै लडाइँ लडिसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...