Friday 10th October 2025

पाकिस्तानमा गुडिरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा ६० जनाकाे मृत्यु


तितोपाटी – पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा ६० जनाको ज्यान गएको छ। बीबीसीका अनुसार पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो।

स्थानीय प्रहरी अधिकारीका अनुसार कम्तीमा ६० जना मारिएको पुष्टि भएको छ भने ३० जना घाइते भएका छन्। रेलमन्त्री शेख रसिद अहमदका अनुसार यात्रीहरूको साथमा खाना पकाउने सामान, सिलिन्डर तथा स्टोभ थिए।

रेलमा सिलिन्डर पड्किँदा आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ती सञ्चारमाध्यममा उद्धृत गरिएका अधिकारीहरूले कतिपय मानिसको जलिरहेको रेलबाट हाम फाल्न खोज्दा मृत्यु भएको थियो। दुईवटा स्टोभ पड्किए। उनीहरू खाना पकाउँदै थिए। उनीहरूको साथमा तेल पनि थियो जसले आगो झन् फैलन पुग्यो, रेलमन्त्रीले बताए।

मन्त्रीका अनुसार लामो रेल यात्रामा यात्रुहरू स्वयंले खाना पकाउन स्टोभसहित यात्रा गर्ने हुँदा त्यो समस्या बनेको छ। दुर्घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगरनजिकै रहेको छ।


सम्बन्धित शीर्षकहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

प्रतिकृयाहरू
...