Friday 24th April 2026

बिश्वकर्मा एकता समाज नेपाल-कुवेतद्वारा प्रेस विज्ञप्ति जारी


२ वटा बश्वकर्मा समाजहरू एकता भएका छैनन् भन्ने हल्लाको पछि नलाग्न सबैसँग अनुरोध
तितोपाटी – बिश्वकर्मा एकता समाज नेपाल-कुवेतले तत्कालिन २ वटा बिश्वकर्मा समाजहरु एकता भएका छैनन् भनी विभिन्न समाजिक संजाल तथा नेपाल स्थित केही अनलाइन मिडियामा प्रकाशित समाचारहरु प्रति प्रेस विज्ञप्ति जारी गर्दै गहिरो ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका अध्यक्ष गम बहादुर सुनार र महासचिव चन्द्र बहादुर गोतामेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइए अनुसार नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका रोजगारिको सिलसिलामा कुवेत आइ विभिन्न पेशा तथा ब्यबसायमा कार्यरत बिश्वकर्माहरु लाई एक्यवद्धता बनाउने उदेश्यले कुवेतमा सन २०१६ मा स्थापना भएका नमुना बिश्वकर्मा समाज नेपाल – कुवेत र बिश्वकर्मा समाज नेपाल-कुवेतको लामो बृहत छलफल पश्चात् सन २०१९ सेप्टेम्बर २० तारिख कुवेत स्थित जलिबको पपिन्स हलमा बिश्वकर्मा बाबाको पुजा अर्चना सहित एकता घोषणा भएको थियो ।

कुवेत स्थित तत्कालीन २ वटा बिश्वकर्मा समाज पुर्णरुपमा एकता घोषणा भैसकेको हुँदा कोहि कसैले ब्याक्तिगत रीसइवी साँध्ने उदेश्यले समाजमा आवद्ध ब्यक्ति विशेषलाई गाली गलौज गर्ने वा बिश्वकर्मा समाज वा नमुना बिश्वकर्मा समाजको नामबाट कुनै काम कारवाही वा गतिविधि गरेमा अवैध ठहरिने र अवैध कृयाकलाप गर्नेहरूलाई संस्थागत रुपमा हदैसम्मको कारवाही गर्ने जनाएको छ । साथै बिश्वकर्माहरु र सरोकारवाला सबैको जानकारीको लागि प्रेस विज्ञप्ति जारी गरेको जनाएको छ ।
तलको प्रेस विज्ञप्ति जस्ताको तस्तै हेर्नुहोसः


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...