Thursday 5th March 2026

एनआरएनए मध्यपुर्व उपसंयोजकमा कुवेतबाट सुरज मास्केको उम्मेद्वारी


तितोपाटी – गैरआवासीय नेपाली संघको मध्यपुर्व उपसंयोजकमा कुवेतबाट सुरज मास्केले उम्मेदवारी दिएका छन् । उनले गत विहिबार कुवेत स्थित एनसीसी कुवेतका पदाधिकारी एवं पत्रकारहरूमाझ एक संक्षिप्त कार्यक्रम गरि विभिन्न प्रतिवद्धता सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनए मध्यपुर्व उपसंयोजक पदमा कुवेतबाट उम्मेद्वारी दिएका सुरज मास्केका प्रतिवद्धताहरू यसप्रकार रहेका छन् ।

क. एनआरएनलाइ श्रमिक मैत्रि संस्था बनाउन । ख. साना तथा मझाैला लगानीका योजनाहरू मार्फत मध्यपुर्वका श्रमिकहरूालइ समेट्न । ग. सामाजिक सुरक्षा सहितको वैदेशिक रोजगारीको मुद्दालाइ अरु जोरदार रुपमा उठाई कार्यन्व्ययन तर्फ लैजाने पहल गर्न । घ. वैदेशिक रोजगारीको शिलशिलामा ज्यान गुमाउनेहरूको पार्थिब शरीर सवलांग रूपमा नेपाल पठाउन । ङ. एक पटक एन अारएन भएपछि कुनै न कुनै रूपमा संघमा आवद्ध गराइ राख्न पहल गर्न । च. शुन्य लागतको वैदेशिक रोजगारीको लागि अावाज बुलन्द पार्न । छ. मध्यपुर्वमा कार्यरत श्रमिकहरूका लागि अन्तराष्ट्रिय विमानस्थलमा विशेष वातावरण बनाउन दवाव दिन।

सन २००९ देखि एनआरएनएको अभियानमा लागेका मास्के अघिल्लो कार्यकालमा एनसीसी कुवेतको सल्लाहकार रहेका थिए । सूचना प्रविधिमा निकै पोख्त रहेका मास्के एक दशक भन्दा लामो समयदेखि मध्यपुर्वको रोजगारीमा छन् । सन २००९ मा एनआरएनए एनसीसी ओमानको स्थापना गर्नेहरू मध्येका एक मास्के त्यस बखत सचिव भएर एनआरएनएको अभियानमा होमिएका थिए । सन २०११–१३ मा महासचिव भएता पनि विभिन्न घरायसी कारणले केहि वर्ष सकृय अभियन्ता भएर कार्य गर्न नसके पनि एनारएनएको अभियानको पक्षमा सदा सकारात्मक सोचका साथ लागि परेका मास्के सामाजिक र मानब कल्याणकारी कार्यहरमा हातमा हात र काँधमा काँध गरि सकृय रहेर आर्थिक योग्दान दिंदै आएका युवा हुन  ।

अरूलाइ मात्रै यो भएन र त्यो भएन भनेर आरोप लगाउन भन्दा आफैले जिम्मेवारी लिएर कार्य गर्नु पर्छ भन्ने सोच आएकोल यस पटक मध्यपुर्व उपसंयोजक पदमा उम्मेदवार भएर एनआरएनएको अभियानमा अझ सकृय हुन लागिपरेको बताउने मास्केले एनआरएन लाइ श्रमिक मैत्री बनाउन आँफु लागिपर्ने बताए । आफु स्वयं एक श्रमिक भएर कार्य गरिरहेकोले वैदेशिक रोजगारीमा आएका नेपाली श्रमिकहरूको अबस्था र  स्वदेश फर्केपछि उनीहरूले जिउने जिवनशैली आँफुले नजिकबाट देखेको/बुझेको बताउँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सामाजिक सुरक्षाको मुख्य विषयलाइ लिएर आँफु एनआरएनएको अभियानमा अघि बढेको बताएका छन् । यससंगै मध्यपुर्वको आवाज केन्द्र सम्म पुर्याउन र मध्यपुर्वमा कार्यरत नेपाली श्रमिकहरूको सीप र पुंजीलाइ एकतृत गरि नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्ने अवसरको सृजना गर्न आँफु लागि पर्ने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...