Thursday 5th March 2026

भारतबाट दशैँ मनाउन स्वदेश फर्किने नेपाली सिमानामा लुटिदै


तितोपाटी- भारतको बैङलोरमा मजदुरी गर्दै आएका कैलाली लम्कीका कपिल साउँद बुधबार दशैँ मनाउनका लागि गौरिफन्टा नाका हुँदै फर्किए। बिहान साढे ६ बजे गौरीफन्टा नाकामा उत्रिएका साउँदले धनगढी चौराह सम्म पुग्न चार सय ७० रुपैँया खर्चिनुप¥यो। २० रुपैँयामा सहजै धनगढी चौराह सम्म पुगिने भएपनि साउँदसंग विभिन्न बहानामा भारतीय सुरक्षाकर्मी, कष्टमका कर्मचारी र रिक्सा चालकहरुले अस्वभाविक रकम असुलेका हुन्।

चेकजाँच गर्ने भन्दै भारतीय एसएसबीले त्रिपालले बनाएको टहरा भित्र लगेर झोलाको पैँसा भन्दै एक सय भारतीय रुपैँया मागेको साउँदले बताए। यस्तै साउँदले गौरीफन्टा नाकाबाट करिब दुई सय मिटरको दुरीमा रहेको डोके बजार सम्म पुग्न थप एक सय रुपैँया तिर्नुप¥यो। ‘केही सामान पनि साथमा थियो, सीमा नाकाबाट डोकेबजार सम्म पु¥याएको रिक्सा चालकले एक सय रुपैँया मागे।’ उनले भने।

डोके बजारबाट १८ सय मिटरको दुरीमा रहेको धनगढी चौराह सम्म विद्युतीय रिक्सामा आएका साउँदले थप एक सय ५० रुपैँया भाडा तिरे। तर गौरीफन्टाबाट धनगढी चौराह सम्मको भाडा २० रुपैँया मात्र छ। ‘भाडा अस्वभाविक लागेर प्रश्न गर्दा रिक्सा चालकले सामान पनि भएकाले बढि पैँसा लाग्ने भन्दै रकम असुले।’साउँदले भने।

साउँदबाट तोकिएको भन्दा सात गुणा बढि भाडा असुलेका से १ ह ३५९ नम्बरका विद्युतीय रिक्सा चालक भुपेन्द्र बोहोराले दुईजना यात्रु सहित सामानको पनि भाडा लिएको दावी गरे। ‘रिक्सामा पाँचजना अटाउँछ, दुईजना र सामानले नै अटो भरिएपछि डेढ सय रुपैँया लिएको हुँ’बोहोराले भने। तर गौरीफन्टा नाकाबाट धनगढी चौराह सम्म पाँचजनाको भाडा २० का दरले एक सय रुपैँया मात्र हुन्छ।

बोहोराले भने दुईजनाबाट रिक्सा भरिएको भन्दै डेढ सय रुपैँया असुलेका हुन्। बुधबार नै गौरीफन्टा नाका भएर भारतको केरलाबाट घर फर्किएका कैलालीको मालाखेतीका राजेन्द्र सुनारले सीमामा आवतजावत गर्न असहज नभएपनि भारतीय कष्टमका कर्मचारी र एसएसबीले पैँसा असुलेको बताए।

गौरीफन्टा नाकामै भेटिएका सुनारले भने, ‘आवतजावत गर्न असहल त छैन्, तर भारतीय कष्टमका कर्मचारी र एसएसबीले झोलाको शुल्क भन्दै एक÷एक सय भारतीय रुपैँया माग्यो।’ बुधबार नै गौरीफन्टा नाका भएर पर्किएका बौनियाका चन्द्र बिकले भारतीय कष्टमका कर्मचारीले झोलाको शुल्क भन्दै एक सय रुपैँया लिएको सुनाए।

यसरी नै गौरीफन्टा नाकामा दशैँ मनाउन घर फर्किरहेका मजदुरहरुमाथि विभिन्न बहानामा रकम असुल्ने काम भईरहेको हो। भारतीय कष्टमका कर्मचारी, एसएसबी, विद्युतीय रिक्सा चालकहरुले मजदुरी गरी दशैँ मनाउन घर फर्किरहेकाहरुबाट विभिन्न बहानामा अस्वभाविक रुपमा रकम असुल्न थालेको हुन्।

नेपाली सुरक्षा अधिकारीले समेत अनेक बहानामा शुल्क लिईरहेको आरोप मजदुरहरुको रहेको छ। तर सीमानाकामा नेपालीमाथि लुटपाट, कुटपिट, दुव्र्यवहार रोक्न स्थानीय प्रशासनले भने ध्यान दिएको छैन्। दुई किलो मिटरको दुरीमा रहेको सुदूरपश्चिम प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय कैलालीले नेपालीहरु लुटिदा समेत वास्ता नगरेको आरोप लागेको छ भने सीमा नाकामा नेपालीमाथि लुटपाट, कुटपिट, दुव्र्यवहार रोक्न भन्दै बेला बखत दुवै देशका सुरक्षा अधिकारीका बिचमा पटक–पटक भएका सहमती पनि कार्यान्वयन भएका छैनन्।

दुवै देशका अधिकारीहरुको वैठकमा सीमामा हुने यस्ता गतिविधी निरुत्साहित पार्दै सहज आवतजावतको व्यवस्था गर्ने मौखिक र लिखित रुपमै सहमति गर्दै आएपनि कार्यान्वयन नभएको हो। अझ नेपालीमाथि सीमा नाकामा हुने सबै किसिमका समस्या हल गर्ने प्रतिवद्धता जनाउँदै आएका मुख्यमन्त्री त्रिलोचन भट्टले भने भारतमा काम गर्नेहरुले भोग्दै आएको सास्तीका विषयमा कुनै चासो नै नदिने गरेको आरोप लागेको छ।

तर कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले भने दशैँ तिहारका बेला घर फर्किने नेपालीले दुःख नपाउन भनेर मंगलबारदेखि संयुक्त हेल्प डेस्क सञ्चालनमा ल्याईएको बताए। उनले सीमामा हुने लुटपाटका घटना रोक्न स्थानीय प्रशासन कटिबद्ध रहेको दावी गर्दै भारतीय कष्टम र एसएसबीले रकम असुलेको विषयमा भारतीय पक्षसंग कुरा गर्ने बताए।

उनले अस्वभाविक रुपमा मागिने रकम नदिन र जबरजस्ती गरेमा प्रशासनमा खबर गर्न समेत आग्रह गरे। सीमामा खटिएका सुरक्षा अधिकारीले रकम असुलेको भेटिएमा कारवाहीको दायरामा ल्याईने प्रमुख जिल्ला अधिकारी बोहोराको भनाई रहेको छ। प्रमुख जिल्ला अधिकारी बोहोराले सीमा नाकामा कसरी आवतजावत सहज गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न सुरक्षा निकायको बैठक बोलाईएको जानकारी दिए।  (यो समाचार दिनेश खबरमा जनक बिष्ट ले लेखेका छन्)


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...