Friday 23rd October 2026

मंगलमा हेलिकप्टर


तोयानाथ उपेक्षित – मंगल ग्रहमा नासाका बैज्ञानिकहरुले हेलिकप्टर पठाउने एक महत्वाकांक्षी योजना बनाएका छन । आगामी सन २०२० को जुलाईमा पठाईने रकेटले उक्त हेलिकप्टर लिएर जाने भएको छ ।

बैज्ञानिकहरुले मंगलमा मानिस पठाउँनु पूर्व पठाउँन लागेको हेलिकप्टरले यदि त्यहाँ उडान भरेमा पृथ्वी भन्दा बाहिरको ग्रहमा उडान भर्ने यो नै पहिले विमान हुने छ । उनीहरुले भनेका छन यदि त्यसो हुन सकेन भने पनि यसले आगामी दिनमा पठाईने यानको लागि मार्गदर्शन गर्ने र सूचनाहरु पठाउँने जस्ता महत्वपूर्ण कार्य गर्ने छ ।

मंगल को जेजेर क्रेटरमा अवतरण गरिने यो प्रयास सफल भएमा मंगलमा भएको पानी खोज्न निक्कै सहयोगी हुनेछ भने आज सम्म कहिले पनि प्राप्त गर्न नसकेका अनेकन दृष्य यसबाट लिईनेछ । यसपटक जुलाईमा प्रक्षेपण गरिने रकेट ले मंगलमा १८ फेब्रवरी २०२१ मा त्यहाँ अवतरण हुनेछ ।
मंगलमा यसअघि प्रक्षेपण गरिएका क्युरोसिटी र अर्पचुनिटी जस्ता यानको त्यहाँ मृत्यु भईसकेको विश्वास छ ।
श्रोतः नासा


सम्बन्धित शीर्षकहरु

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

प्रतिकृयाहरू
...