Friday 27th March 2026

विदेशको सवारी दुर्घटना देखी स्वदेशमा अन्तिम दाहसंस्कार र काजकृया सम्म


बालकृष्ण घिमिरे, बनेपा-२ काभ्रे – स्वर्गिय पिता टिका प्रसाद घिमिरे र माता बिष्णुमाया घिमिरेका कोख बाट २०३६ साल असोज २१ गते जन्मिएका स्वर्गिय गोकर्ण ( केदार ) घिमिरेका दुइ वटी श्रीमतिका कोख बाट जन्मिएका नावालक एक छोरी र दुई छोरा छन । गरिव परिवारमा जन्मिएका गोकर्णले आफ्नो नाजुक आर्थिक अवस्थालाई सुधार गर्न स्वदेशमा क्षमता अनुसारको रोजगारी र योग्यता अनुसारको पारिश्रमिक नपाउँदा बनेपा-२ काभ्रे ( घिमिरे गाउ ) निवासी उनी लामो समय देखी वैदेशिक रोजगरीको सिल्सिलामा कुवेतमा स्थित प्रतिष्ठित कम्पनी, कुवेत कल्फ लिङ एण्ड ट्रास्पोर्ट कम्पनी ( KGL ) मा सवारी चालकको पेशामा कार्यरत थिए । अाउँदो आश्बिन ११ गतेका लागि विदामा स्वदेश फर्कन कम्पनीबाट बिदा पास गराई हवाई टिकेट समेत लिइ सकेका गोकर्णको मिती २०७६ श्रावण २२ गते बुधवारका दिन सवारी दुर्घटना परी दु:खद निधन भएको थियो ।

सर्वप्रथम उमेरको हिसावले यो पंतिकारको सरोदर माईलो भाई भएपनी व्यवहाँरिक हिसावले अभिभावक गुमाउनु पर्दाको पिडालाई शक्तिमा बदल्ने प्रयत्न गर्दै भाईको आत्माको चिर शान्तिको कामनाका खातिर यो लेखाईलाई परिवारिक पृष्ठभुमिमा रुपान्तरण गर्दछु।

दुर्घटना पश्चात भाईको प्राथिब शरीर स्वदेश फर्काउन विषेश पहल गर्नुहुने नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष हरीकृष्ण न्यौपाने , भर्खरै निर्वाचित NRNA कुवेतका अध्यक्ष सुजन केसी , केजिएल कम्पनि कुवेतमा ट्रेडिङ सेण्टरको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएका मोहन पौडेल , नेपाली दुतावास कुवेत , कुवेत स्थित KGL तथा अन्य कम्पनिहरुमा कार्यरत नेपाली दाजुभाईहरुमा हाम्रो परिवार सदा ऋणको भागीदार भएका छौं र यो बिपतमा यहाँहरुले लगाउनु भएको गुण मैले शब्दमा व्याख्या गर्न सक्दिन ।

मृतक भाईको प्राथिब शरीर मिती २०७६ भदौ १ गते नेपाली भुमिमा आउँदा देखी पशुपती आर्यघाटमा दाहसंस्कार गर्दा र हिन्दू परम्परा अनुसार जन्म घरमा बाह्रौ दिन सम्मको काज कृयाको अवधिमा देखिएको बिशाल उपस्थिती हेर्दा शायद अल्पायुमै परिवारको सदस्य हाम्रो माझबाट खोसेर लाने निस्ठुरी दैव समेत एकपटक सोच्न वाध्य भए होलान । त्यसैले दाहसंस्कारमा सहभागिता जनाउनुहुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधिहरु , बिभिन्न राजनितिक दलका नेताहरु, भाईको प्राथिब शरिमा नेपाल कम्यूनिष्ट प्रार्टीको झण्डा ओढाई अन्तिम श्रद्दान्जली अर्पण गर्नुहुने नेपाल कम्यूनिष्ट पार्टी काभ्रे जिल्ला कमिटीका सचिवालय सदस्य कमरेड हरीकृष्ण गिरी , उपस्थित सम्पूर्ण घिमिरे भाई बन्धुहरु , आफन्त स्टमित्र र दाहशस्कारमा सहभागीता जनाउनुहुने सम्पूर्णमा हाम्रो परिवार आभार व्यक्त गर्दछ ।

यो बिपतको घडीमा हाम्रो परिवारमा एक्कासी अाइपरेको पीडा ( शोक ) लाई शक्तिमा बदल्ने क्षेमता प्राप्ती र मृत आत्मा प्रती श्रद्दान्जली अर्पण गर्न हाम्रो निवासमा नेपाल कम्यूनिष्ट पार्टी केन्द्रिय सदस्य, काभ्रे इन्चार्ज तथा वर्तमान सरकारका संचार तथा सुचमा प्रविधी मन्त्री कमरेड गोकुल प्रसाद बाँस्कोटाले पठाउनु भएको समवेदना तथा शोक मन्तब्य सहितको पत्र लिएर उपस्थिती जनाउनुहुने नेपाल कम्यूनिष्ट पार्टी काभ्रे जिल्ला कमिटीका कामरेडहरु , बनेपा नगर कमिटीमा आवद्द कामरेडहरु , स्थानिय कमिटिका कामरेडहरु , नेपाली काँग्रेसका नेता तथा पुर्व उधोग राज्य मन्त्री कन्चन चन्द्र बादे , नेपाली कांग्रेसका क्षेत्रिय सचिब , बनेपा नपा वडा नम्वर-२ का वडा अध्यक्ष , वडा सदस्य ज्युहरु , संयुक्त डेरि तथा फुड्स् प्राली परिवार , अन्य बिभिन्न राजनीतिक पार्टि तह र तप्कामा आवद्द महानुभावहरु , आफन्त स्टमित्र र सम्पूर्ण घिमिरे भाई वन्धुहरुले हाम्रो परिवारलाई दिनुभएको साथ , सहयोग र सान्तोनाले हामीलाई परेको यो बिपत तथा शोकलाई शक्तिमा बदल्न प्रेणा मिलेको छ। स्वर्गिय भाई गोकर्ण ( केदार ) घिमिरेको आत्मा शान्तिका लागि तेह्रौ दिन सम्मको पुन्य कर्म गर्दै गर्दा तपाईं सम्पूर्णले देखाउनु भएको यो अपार साथ, सहयोग, माया, स्नेह, प्रेरणा, सदभाव् र सान्त्वना सदैव कायम रहोस् । हाम्रो परिवारमा परेको यो बज्रपातलाई जसरी यहाँहरु ( सम्पूर्ण ) ले हरतरहले साथ र सहयोग गर्नुभएको छ, त्यसलाई हामीले सदैव स्मरण गर्ने प्रण गर्दै स्वर्गिय भाई प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दछौ र आगामी दिनहरुमा पनि तपाई सम्पूर्णको साथ र सहयोग रहनेमा बिस्वस्थ भएका छौं ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...