Monday 15th September 2025

तमू समाजको पहलमा कुवेती नागरिकलाई रगत उपलब्ध गराईयो


तितोपाटी -कुबेती नागरिक बिरामी पर्दा समेत ब्लड पाउन नसकेपछि तमु समाज कुबेतको पहलमा उपलब्ध गराईएको छ बिरामीलाई आवश्यक ब्लड उपलब्ध गराउन सके जिबन जोगाउन सकिने  डाक्टरबाट जानकारी पाएपछि  कुबेती नागरिक केदार नाथ खरेल र गौतम आमागाईको सम्पर्कमा आएका थिए  त्यस लगत्तै निज कुवेती नागरिक संग राम्रो चिनजान भएका केदारनाथ खरेल,र गौतम आमागाईले  तमू  समाजका पूर्व अध्यक्ष खोप गुरुङ लाई सम्पर्क गरेका थिए  ।
समाजका पुर्व अध्यक्ष् खोप गुरुङले तत्कालै सेन्ट्रल ब्लड बैंक,जाब्रियामा  सम्पर्क गरि तत्कालका लागि बिमारी (बिमारी कुवेती नागरिक khalid fahalid al gharib)लाई (९ युनिटAB-) ब्लड रगतको प्रबन्ध मिलाएका थिए  ।ब्लड बैंकको नियम अनुशार एकजना बिरामिलाइ 2 युनिट भन्दा बढी ब्लड उपलब्ध नसकिने भएता पनि समाजका पुर्व अध्यक्ष् गुरुङ को पहलमा ९ युनिट ब्लड (रगत )उपलब्ध भए लगत्तै  उनको (Adan Hospital)मा सफल सल्यक्रिया भएको बुझिएको छ ।

वास्तवमा ‘रक्त दान जीवन दान’ नै हो, तपाईं हामीले स्वेछिक रुपमा दान गरेको रगतले आज एक कुवेती नागरिकले पुनर्जीवन पाएका छन । यो भन्दा पहिले पनि समाजको पहलमा (७) जना भन्दा बढी लाई ब्लड उपलब्ध गराएको समेत पुर्व अध्यक्ष गुरुङले  जानकारी दिएका छन । सम्पूर्ण रक्तदाताहरु सँग उनको रगतको नाता गासिएको छ भलै चिनजान नै किन नहोस् । अन्तम सम्पूर्ण स्वयंसेवी रक्तदाताहरु तमू समाज कुबेतपरिवार र ब्लड उपलब्ध गराउन हुने समाजका पुर्व अध्यक्ष् एबम सल्ल्हाकार खोप गुरुङ,केदारनाथ खरेल र गौतम आमागाईलाई कुवेती नागरिकले बिशेष धन्यवाद दिदै आभार व्यक्त गरेका छन ।उता हरेक बर्ष रक्तदान कार्यक्रम चलाउदै आएको तमु समाज कुबेतले समेत सम्पूर्ण स्वंयसेवी रक्तदाताहरुलाई  धन्यवाद दिएका छन  ।

 


सम्बन्धित शीर्षकहरु

खाडी सहयोग परिषद् (#GCC) देशहरूले #फिलिपिन्स सरकारले आफ्नो घरेलु कामदारहरूको तैनाथीको सम्बन्धमा घोषणा गरेको नयाँ आवश्यकताहरूप्रति चिन्ता व्यक्त गरेका छन्,…

पछिल्लो दुई दिनदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भिडियो सन्देश पाकिस्तानको सामाजिक सञ्जालमा चर्चामा छ, जसमा उनले पाकिस्तान र ओसामा बिन…

संसद् विघटनको निर्णयलाई लिएर नेपाली राजनीति फेरि तनावपूर्ण बनेको छ। प्रमुख दलहरू नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले…

प्रतिकृयाहरू
...