Sunday 15th June 2025

बक्सिङ्ग च्याम्पियनसिप प्रतिस्पर्धाका लागि नेपाली टिम कुवेतमा


तितोपाटी- एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट, बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पा,प्रशिक्षकमा आठौं सागका स्वर्ण विजेता रामचन्द्र थापा मगर, टिम म्यानेजरका रुपमा नेपाल बक्सिङ संघका सदस्य एवं स्कुल बक्सिङ समितिका संयोजक पुस्कर राज वन्त, गरि तीन सदस्य गत मंगलवारका दिन कुवेत आएका छन।

गत अगष्ट १ देखि सुरु भएको छ भने आगामी ९ तारिखसम्म कुवेत बक्सिङ्ग संघको आयोजनामा हुने प्रतियोगितामा पुरुष ४९ केजी तौल समूहमा छिरिङ वाङ्दी शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । च्याम्पियनसिपका लागि छिरिङले निकै संघर्ष गरेको बक्सिङ्ग प्रशिक्षक राम चन्द्र थापा मगरले तितोपाटीलाई बताएका छन।

उक्त खेलमा नेपालका छिरिङ वाङ्दी शेर्पाले कुवेतमा आयोजना हुने एएसबीसी स्कुल ब्वाइज बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। युवा उमेर देखि नै बक्सिङ्गमा सहभागिता जनाउने उदेश्यले एएसबीसीले पहिलो पटक स्कुल ब्वाइज च्याम्पियनसिप बयोजना गर्न लागेको हो। उक्त च्याम्पियनसिपमा तिस देशका खेलाडी हरुको उपस्थित रहने भएको छ।


सम्बन्धित शीर्षकहरु

दुबई, संयुक्त अरब इमिरेट्स - इजरायलले इरानी आणविक र सैन्य स्थलहरूमा गरेको भीषण आक्रमणको एक दिनपछि तेहरानको आणविक कार्यक्रममा अमेरिका-इरानी…

दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिइएको शनिबार…

आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस। नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ। मानव रगत समूह पत्ता लगाउने…

प्रतिकृयाहरू
...