Tuesday 28th July 2026

बक्सिङ्ग च्याम्पियनसिप प्रतिस्पर्धाका लागि नेपाली टिम कुवेतमा


तितोपाटी- एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट, बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पा,प्रशिक्षकमा आठौं सागका स्वर्ण विजेता रामचन्द्र थापा मगर, टिम म्यानेजरका रुपमा नेपाल बक्सिङ संघका सदस्य एवं स्कुल बक्सिङ समितिका संयोजक पुस्कर राज वन्त, गरि तीन सदस्य गत मंगलवारका दिन कुवेत आएका छन।

गत अगष्ट १ देखि सुरु भएको छ भने आगामी ९ तारिखसम्म कुवेत बक्सिङ्ग संघको आयोजनामा हुने प्रतियोगितामा पुरुष ४९ केजी तौल समूहमा छिरिङ वाङ्दी शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । च्याम्पियनसिपका लागि छिरिङले निकै संघर्ष गरेको बक्सिङ्ग प्रशिक्षक राम चन्द्र थापा मगरले तितोपाटीलाई बताएका छन।

उक्त खेलमा नेपालका छिरिङ वाङ्दी शेर्पाले कुवेतमा आयोजना हुने एएसबीसी स्कुल ब्वाइज बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। युवा उमेर देखि नै बक्सिङ्गमा सहभागिता जनाउने उदेश्यले एएसबीसीले पहिलो पटक स्कुल ब्वाइज च्याम्पियनसिप बयोजना गर्न लागेको हो। उक्त च्याम्पियनसिपमा तिस देशका खेलाडी हरुको उपस्थित रहने भएको छ।


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...