Tuesday 20th January 2026

एनसीसी कुवेतको युवा संयाेजक पदबाट बुद्धिमान तामाङको उम्मेदवारी फिर्ता


तितोपाटी – गैर अावासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको अागामी कार्यकाल २०१९-२०२१ को लागि युवा संयाेजक पदमा उम्मेदवारि दिएका बुद्धिमान तामाङले अाफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि युवा संयाेजक पदका उम्मेदवार वुद्धिमान तामाङले  उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।

एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्य समितिको लागि निर्वाचन समितिले  गत २० जुलाइ २०१९ को दिन उम्मेदवारी दिने मिति घोषणा गरेकोमा युवा संयोजक पदको लागि बुद्धिमान तामाङ र नबराज पराजुलीको उम्मेदवारी परेको थियो ।

निर्वाचन समितिले मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाइ उम्मेदवारी फिर्ता गर्न अाज सम्मको समय दिएको थियो । यस बिचमा युवा संयाेजक पदका अर्का प्रत्यासी उम्मेदवार नबराज पराजुलीलाइ समर्थन गरी बुद्धिमान तामाङले उम्मेदवारी फिर्ता लिए पछि युवा संयाेजक पदका अर्का प्रत्यासी नबराज पराजुली अागामी कार्यकालका लागि युवा संयोजक पदका लागि सर्वसम्मत भएका हुन् ।

स्मरण रहोस एनअारएनए एनसीसी कुवेतको छैटाै राष्ट्रिय महाधिवेशन अागामी २ अगष्ट २०१९ तारिक शुक्रबारका दिन कुवेतको मालिया सिटी स्थित IN & GO Hotel मा हुँदैछ ।

निर्वाचन समितिको सूचना जस्ताको तस्तैः

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...