Saturday 25th April 2026

रोएँ(कविता) – पुर्णिमा बुढा मगर


दुर्गा पुज्नलाई फुलको डाली चुडाउँदै रोएँ
माफी माग्दै उसैलाई सिर झुकाउँदै रोएँ ।

स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ
तिम्रो चोटमा आफ्नै मन दुःखाउँदै रोएँ ।

केही पाउनलाई केही गुमाउन पर्दा यहाँ
कसम खाँदै जोडिएका नातालाई छुटाउँदै रोएँ।

पाउनु गुमाउनु यहाँ भाग्यको खेल रहेछ
तिम्रो मेरो बिचको कसम फुकाउँदै रोएँ ।

आँसुहरु सुकिसके सुख्खा छन आँखाहरु
तिमीलाई बिदा गर्दा हिम्मत जुटाउँदै रोएँ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...