Monday 17th August 2026

दलित एकता संजाल कुवेतको छैटाैं वार्षिकोत्सव तथा तेश्रो अधिवेशन यहि जुलाई २६ मा हुने


तितोपाटी – दलित एकता संजालको छैटाैं वार्षिकोत्सव तथा तेश्रो अधिवेशन यहि जुलाइ २६ तारिक शुक्रबार कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाहलमा हुने भएको छ । संजालका अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय गर्दै वार्षिकोत्सव तथा अधिवेशनको लागि विभिन्न तयारी भैरहेको कुरा अध्यक्ष नेपालीले तितोपाटी डट कम सँगको कुराकानीमा बताएका हुन् ।

“दलित एकता आजको आवश्यकता, छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता” भन्ने मूल नाराका साथ सन २०१३ मा स्थापित भै सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै अाएको  दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समिति कुवेतको यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने पनि अध्यक्ष नेपालीले बताए ।

विगतका वर्षहरूमा संगठन विस्तार र वर्गीय हितको लागि जोडतोडका साथ कटिवद्ध भएर लागेको दलित एकता संजाल हालैका वर्षहरूमा अलि मन्द भएको महशुष गरिरहेका बेला संजाल कुवेतको छैटाैं वार्षिक उत्सव तथा तेश्रो अधिवेशन हुन लागेको हो ।

कार्यक्रमको विवरणः

मिति:- २६ जुलाइ २०१९ शुक्रबार ।

स्थान:- द्वाही प्यालेस रेष्टुरेन्ट फर्वानिया ।

समय:- बिहान ११ बजे ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार शीतल निवासमा आयोजित…

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...