Saturday 20th December 2025

दलित एकता संजाल कुवेतको छैटाैं वार्षिकोत्सव तथा तेश्रो अधिवेशन यहि जुलाई २६ मा हुने


तितोपाटी – दलित एकता संजालको छैटाैं वार्षिकोत्सव तथा तेश्रो अधिवेशन यहि जुलाइ २६ तारिक शुक्रबार कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाहलमा हुने भएको छ । संजालका अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय गर्दै वार्षिकोत्सव तथा अधिवेशनको लागि विभिन्न तयारी भैरहेको कुरा अध्यक्ष नेपालीले तितोपाटी डट कम सँगको कुराकानीमा बताएका हुन् ।

“दलित एकता आजको आवश्यकता, छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता” भन्ने मूल नाराका साथ सन २०१३ मा स्थापित भै सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै अाएको  दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समिति कुवेतको यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने पनि अध्यक्ष नेपालीले बताए ।

विगतका वर्षहरूमा संगठन विस्तार र वर्गीय हितको लागि जोडतोडका साथ कटिवद्ध भएर लागेको दलित एकता संजाल हालैका वर्षहरूमा अलि मन्द भएको महशुष गरिरहेका बेला संजाल कुवेतको छैटाैं वार्षिक उत्सव तथा तेश्रो अधिवेशन हुन लागेको हो ।

कार्यक्रमको विवरणः

मिति:- २६ जुलाइ २०१९ शुक्रबार ।

स्थान:- द्वाही प्यालेस रेष्टुरेन्ट फर्वानिया ।

समय:- बिहान ११ बजे ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...