Sunday 25th May 2025

श्रीमानसँग मिलेर कल्पना लामाले गरिन पूर्वप्रेमी कुँवरको हत्या


तितोपाटी- कैलालीको चुरे गाउँपालिका-६ मड्डमा श्रीमान-श्रीमती मिलेर एक जनाको हत्या गरेको घटना सार्वजनिक भएको छ।

गुल्मी घर भई हाल मजदुरी गर्दै आएका ३५ वर्षीय कमल कुँवरको हत्या गरी गाडेको अवस्थामा शव भेटिएको छ। कुँवरको हत्या गरेको आरोपमा सोही ठाउँका लालबहादुर लामा र उनकी श्रीमती कल्पनालाई प्रहरीले पक्राउ गरेको छ।

कल्पनाका पूर्वप्रेमी रहेका कुँवरको गत असार २२ गते हत्या गरी खोला किनारमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए। प्रहरीले मृतकको शवलाई पोस्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढी पठाएको छ। हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


सम्बन्धित शीर्षकहरु

कुबेत। “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज कुवेतद्वारा आयोजना गरेको नवौं वृहत रक्तदान कार्यक्रम हिजो…

सिरियामा रहेका प्यालेस्टिनी गुटका नेताहरू, पहिले बशर अल-असदको शासनसँग गठबन्धन गरेका थिए र इरानको समर्थनमा पाएर त्यहाँ सुरक्षित रुपमा आफ्ना…

आईपिएलका खेलहरु जारी रहेका छन। मे २२ तारिखसम्म खेलाईएका खेलहरुमा गुजरात १८ अंक सहित शिर्ष स्थानमा रहेको छ । दोस्रो…

प्रतिकृयाहरू
...