Sunday 24th May 2026

फिफा महिला विश्वकपको उपाधि पुनः अमेरिकाको पोल्टामा


तितोपाटी -अमेरिकाले लगातार दोस्रो पटक फिफा महिला विश्वकपको उपाधि जितेको छ। फ्रान्सको लियोनस्थित पार्क ओलम्पिकमा आइतबार राती भएको फाइनलमा नेदरल्यान्ड्सलाई २–० ले स्तब्ध बनाउँदै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि उचाल्यो। अमेरिकाको समग्रमा यो चौथो उपाधि हो।

अमेरिकाले सन् २०१५ मा जापानलाई हराउँदै उपाधि जितेको थियो। त्यसअघि सन् १९९१ मा चीनमा भएको पहिलो संस्करणको उपाधि जितेको अमेरिकाले त्यसपछि सन् १९९९ संस्करण पनि आफ्नो बनाएको थियो।

अमेरिकालाई चौथो उपाधि दिलाउन मेगान रापिनोई र रोज लाभेलेले समान १÷१ गोल गरेका थिए। खेलको पहिलो हाफ भने गोलरहित सकिएको थियो। तर, खेलको ६१औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दैै रापिनोईले अमेरिकालाई अग्रता दिलाएकी थिइन्। त्यसको आठ मिनेटपछि लाभेलेले गोल गर्दै अमेरिकालाई २–० को अग्रता दिलाइन्। बाँकी समयमा नेदरल्यान्ड्स खेलमा फर्किन नसकेपछि अमेरिका च्याम्पियन बन्यो।


सम्बन्धित शीर्षकहरु

बिद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने घोषणाले नेपाली राजनीतिमा केवल शक्ति समीकरणको बहस मात्र होइन, संवैधानिक नैतिकता र राष्ट्रपतिको संस्थागत…

Donald Trump ले अमेरिका–इरान तनाव अन्त्यतर्फ “अन्तिम चरणको समझदारी” नजिक पुगेको दाबी गरेपछि विश्व राजनीतिमा नयाँ बहस सुरु भएको छ।…

Narendra Modi ले सुनको अत्यधिक आयातले देशबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने भन्दै नागरिकलाई अनावश्यक रूपमा सुन नकिन्न आग्रह गरेका…

प्रतिकृयाहरू
...