Saturday 20th June 2026

भारतबाट आउने तरकारीको विषादी परीक्षण तत्काललाई स्थगन


सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण कार्य तत्काल स्थगन गर्ने निर्णय गरेको छ। आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएकाले पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिए।

‘पूर्वाधार नभएकाले तरकारी नाकामै कुहिने समस्या आएको देखियो, त्यसैले अहिलेलाई पुरानै प्रक्रियाबाट जाँचपास गराउने र यथासिघ्र प्रयोगशाला बनाउने क्याविनेट निर्णय भएको छ’ यादवले भने।

यसअघि आफ्नो देशबाट आउने तरकारी र फलफूल नेपाली सीमामा चेक जाँच हुन थालेपछि भारतले आपत्ति जनाएको थियो।

काठमाडौंस्थित भारतीय राजदूतावासले सरकारका उच्च अधिकारीलाई चिठी  पठाएर भारतीय तरकारी र फलफूलमा भइरहेको विषादी चेकजाँचबारे चासो व्यक्त गरेको थियो।

‘हामीले  नेपाल सरकारका उच्च अधिकारीहरूलाई भेटेर र लिखित रूपमै आफ्नो कुरा भनेका छौं,’ दूतावासका प्रवक्ता अभिषेक दुवेले भने।

स्रोतका अनुसार भारतले विषादी परीक्षणका दुइटा कुरामा आपत्ति जनाएको थियो। पहिलो,  सीमा नाकामा पर्याप्त उपकरण र जनशक्ति नभएकाले विषादी जाँच्न समय लाग्ने भएकाले धेरै तरकारी र फलफूल सडेका थिए।

भारतको अर्को आपत्ति नेपालबाट जाने तरकारी र फलफूलमा भारतले नियमित विषादी चेकजाँच गर्दैन भने नेपालले किन गर्ने भन्ने थियो।

सरकारले असार पहिलो सातादेखि भारतीय फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो।

गुणस्तरहीन वस्तुको आयात रोक्ने उद्देश्यले सरकारले गरेको यो नीतिगत व्यवस्थाको कार्यान्वयनमा भने चुनौती देखिएको थियो।

हाल कालिमाटी र सर्लाहीको हरिवनमा मात्रै हाल फलफूल तथा तरकारीको विषादी परीक्षण हुन्थ्यो।

भन्सारहरुमा विषादी परीक्षणको उपकरण नहुँदा आयातकर्तालाई काठमाडौं आई नमुना परीक्षण गराई लैजानु पर्ने बाध्यता थियो।

कालिमाटी बजारमा आउने तरकारी तथा फलफूलको ४० प्रतिशत भारतले ओगटेको छ भने ६० प्रतिशत स्थानीय बजारले ओगटेको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...