Tuesday 4th August 2026

कपिलवस्तुमा २ बस ठोक्किँदा ४० जना घाईते, २० को अवस्था गम्भिर


तितोपाटी- कपिलवस्तु, जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ चोरखोलामा दुई बस एक आपसमा ठोक्किदा ४० जना घाईते भएका छन् ।पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ४ ख ९३२६ नं को बस र बिपरित दिशाबाट तर्फ आउदै गरेको ना ६ ख ९९१० नं को बस एक आपसमा ठोकिएका हुन् । बसमा ५४ जना सवार थिए जसमध्ये ४० जना घाईते भएका छन् ।

२० जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई थप उपचारका लागी चौराह अस्पताल बुटवलमा रिफर गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । अन्य २० जनालाई सामान्य उपचार पछि डिसर्चाज गरिएको छ । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा राखिएको र अन्य थप अनुसन्धान भै रहेको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...