Sunday 14th June 2026

संसदिय समितिले सरकारलाइ आईफा अवार्ड रोक्न निर्देशन दियो


तितोपाटी – संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले तत्काल सबै प्रक्रिया रोक्न निर्देशन दिएको हो । सरकारले आईफा अवार्ड नेपालमा गर्न दिने सहमति भएपछि सरोकारवाला र सरकारपक्षका विच जुहारी चलिरहेका बेला संसदीय समितिले सरकारले सरकारलाइ अवार्ड रोक्न निर्देशन दिएको हो ।

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आईफा)–१९ को नेपालमा गर्न सरकारले सैद्धान्तिक सहमति दिएको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा हुने आईफा अवार्डमा काठमाडौं महानगपालिका सहआयोजक बसेको छ र महानगरले ४५ करोड दिने समझदारी छ । यद्यपि अरु सम्झौता हुन बाँकी छ । यतिखेर सरकारले नै ४५ करोड रुपैयाँ दिने गरी भारतीय अवार्ड गर्न लागेको भन्दै चर्को आलोचना भएको छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बोलाइए उनी गएनन् । सचिव मोहनकृष्ण सापकोटा, पर्यटन बोर्डका कार्यकारी सिइओ दीपकराज जोशी उपस्थित थिए । बैठकमा सचिव सापकोटा र सीईओ जोशीले नेपालको पर्यटन प्रबद्धन र व्यापारिक फाइदा हुने निर्णयको बचाउ गरे । तर सत्तारुढ सांसदहरुले नै चर्को आलोचना गरेका छन् । भीम रावल, अग्नि सापकोटाले अवार्डको विरोध गरे । सम्बोधनका क्रममा उनी निकै भावुक बनेका थिए ।


सम्बन्धित शीर्षकहरु

इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ…

कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ।…

अमेरिकी नौसेनाको कारबाहीमा तीन भारतीय नाविकको मृत्यु भएपछि भारत–अमेरिका सम्बन्धबारे नयाँ बहस सुरु भएको छ। विश्व राजनीतिमा पछिल्ला दुई दशकदेखि…

प्रतिकृयाहरू
...