Saturday 20th June 2026

भाटभटेनीका मालिक मीनबहादुर गुरुङकाे अकुत सम्पत्तिमाथि छानबिन


तितोपाटी – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ। नागरिक दैनिकले समाचार छापेकाे छ ।

बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा परेका गुरुङ, ढकाल र सुवेदीमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान अघि बढाएको हो।

विभागले भाटभटेनीका नाममा देशभर सञ्चालित सुपरमार्केटको जग्गाजमिनसहितको लगानीलाई पनि छानबिनको दायरामा ल्याएको छ। गुरुङले तयारी कपडा आयात गर्दा सरकारलाई बुझाउनुपर्ने राजस्वमा छली भएनभएको विषयमा पनि अनुसन्धान भइरहेको स्रोतले जानकारी दियो।आयोग र ब्युरोले छानबिन थालेपछि ढकाल र सुवेदी फरार भइसकेका छन्। विभाग उच्च स्रोतका अनुसार ललितानिवास र त्यसले चर्चेको जग्गा हिनामिनामा संलग्न गुरुङ, ढकाल र सुवेदी तथा उनीहरुका परिवारको नाममा रहेको चलअचल सम्पत्ति खोज्न विशेष टोली खटिएको छ। जग्गा हडप्नेमध्येका तीनजनाबाहेक राणा परिवारबाट मोहीको नाममा जग्गा पाउने पनि विभागको छानबिन दायरामा परेका छन्।

‘ललितानिवासले चर्चेको जग्गा हिनामिनामा संलग्न भाटभटेनी सुपरमार्केट तथा भाटभटेनी डेभलपर्स प्रालिका सञ्चालक मीनबहादुर गुरुङ, ढकाल र सुवेदी तथा उनीहरुका परिवारमाथि कालो धन आर्जन गरेको अभियोगमा छानबिन थालिएको छ,’ विभाग स्रोतले भन्यो, ‘यस विषयमा अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसँग पनि सहयोग मागेका छौं।’ विभाग स्रोतका अनुसार गुरुङ अध्यक्ष रहेको भाटभटेनी डेभलपर्स प्रालिमा ढकाल र सुवेदीको पनि लगानी देखिएको छ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...