Tuesday 14th October 2025

बारामा प्रधानाध्यापकले जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणको ६१ लाख ठगी गरे


तितोपाटी – जिल्ला प्रहरी कार्यालय, बाराले विद्यालयमा जागिर लगाइदिने बहानामा लाखौं ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा-८ को श्री सामुदायिक विद्यालयका प्राधानाध्यापक ४३ वर्षीय अनिलकुमार ठाकुर छन् ।  ठाकुरलेे विद्यालयमा शिक्षकको जागिर लगाइदिने आश्वसन दिएर प्रतिव्यक्ति दुईदेखि ५ लाख रुपैयाँसम्म लिएको उजुरी परे पछि जिल्ला प्रहरी कार्यालय बाराले उनलाइ पक्राउ गरेको हो ।

अहिलेसम्म जम्मा ६१ लाख १४ हजार ५ सय रुपैयाँ लिएर आफैं नियुक्ति पत्रसमेत दिइ लुकीछिपी बस्दै आएको र पछि जागिर नभएको भन्दै रकम नभएको बैंक खाताको चेक दिएको प्रहरी अनुसन्धानबाट खुल्न अाएको बुझिएको छ ।

एउटै शैलीबाट ठाकुरले २० जनालाई ठगेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ । पक्राउ परेका शिक्षकविरुद्ध प्रहरीले जिल्ला अदालत, बाराबाट ठगी मुद्दामा ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...