Sunday 21st June 2026

विपीको विचार बोक्दा कोही छट्पटिनु पर्दैनः कमल थापा


तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्यूनिष्टप्रति जनताको मोह भंग हुँदै गएको बताउनुभएको छ ।

काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा आयोजित वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले अघि सारेका एजेण्डाप्रति सहमत हुँदै सयौंको संख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश हुनुले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न शुभ संकेतको आरम्भको रुपमा लिएको बताउनुभयो ।

एकता महाधिवेशनलाई आधार मानेर विलम्व नगरी पार्टी एकतामा आउनका लागि पशुपति शंसेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई आग्रह गर्दै अध्यक्ष थापाले मुलुकको पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको बताउनुभयो ।

नाममा लोकतन्त्र तर व्यवहार भने सर्वसत्तावाद तर्फ उन्मुख भएको भन्दै गरिबी र बेरोजगारीका वावजुद भ्रष्टाचार महारोगको रुपमा पछिल्लो समय देखिएको चर्चा गर्दै बीपीको विचार बोक्दा खुशी हुनुपर्नेमा उल्टो पिडा र छटपटी हुनु विडम्वना भएको उहाँले बताउनुभयो ।कांग्रेस र कम्युनिष्टको वैचारीक असफलताको विरुद्धमा सम्बर्धनवादको वैचारिक दर्शन अब जनताको रोजाइ हुने उहाँको दावी थियो । उक्त पार्टी प्रवेश कार्यक्रममा आज काठमाडौंमा दुई सय पचास जना व्यक्तित्वहरु राप्रपामा प्रवेश गर्नुभएको छ ।

राप्रपा संयुक्त परित्याग गर्दै काठमाडौंमा प्रभावशाली नेताको रुपमा परिचित जय कुमार खड्का सहितका नेता तथा कार्यकर्ताहरु राप्रपामा प्रवेश गर्नुभएको हो । उहाँसँग पार्टी प्रवेश गर्नेहरुमा सुरज पाण्डे, सानुकान्छा श्रेष्ठ, श्याम खत्री, रामेश्वर पौडेल, शम्भु खड्का, सरोज अधिकारी, बद्री मानन्धर, तिलक मजगैंया, बलराम थापा, बाबुराम वानिया, कपुर लामा, उत्तम लामा, रञ्जन खनाल, सान्ननी सुनार, राजकुमार पण्डित, नारायण प्रसाद श्रेष्ठलगायत हुनुहुन्थ्यो ।

सो अवसरमा राप्रपा सयुक्तका केन्द्रीय सदस्य बलराम थापाको नेतृत्वमा सिङ्गो नवलपुर जिल्ला कार्यसमिति र दामोदर भण्डारीको नेतृत्वमा दाङ जिल्ला कार्य समिति समेत राप्रपामा समाहित भएको छ ।कार्यक्रममा वरिष्ठ नेता दिपक वोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रदेश ३ का अध्यक्ष विक्रम बहादुर थापा, जय कुमार खड्का लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...