Saturday 28th September 2024

आफ्नै छोरो हेर्नको लागि उप-प्रमुखले श्रीमानलाइ बनाइन् स्वकीय सचिव


तितोपाटी – सुन्दा अचम्म लाग्छ तर कुरा सत्य हो । स्वकीय सचिव भनेको माथिल्लो ओहदामा रहेका मानिसको कामको बोझलाइ कम गर्न काममा सघाउने व्यक्ति हो । सोही स्वकीय सचिव आफ्नै सन्तान हेर्ने कामको लागि तोकिएको विषयलाइ यहाँ प्रस्तुत गर्न खोजिएको हो । बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले आफ्नो छोराको स्याहार सुसारको लागि आफ्नै श्रीमानलाइ स्वकीय सचिव बनाएकी छिन् । स्थानीय तहको चुनाव जित्दा उनको काखमा ३ महिनाको छोरा थयो । त्यसैले उनले छोराको रेखदेख गर्न पतिलाई स्वकीय सचिवमा नियुक्त गरिन् ।

छोराको हेरचाह गर्नु र फुर्सद मिलेमा सामान्य सरकारी कामकाजलाई सघाउनु स्वकीय सचिव मंगल चौधरीको काम हो । उपप्रमुख सरकारी कामका लागि टाढा जानुपर्दा छोरा बोक्दै पति पनि जान्छन् । उनी छोरा पनि हेर्छन् र श्रीमतीलाइ पनि काममा सघाउँछन् ।

स्वकीय सचिवको औपचारिक व्यवस्था भने गरिएको छैन । आन्तरिक स्रोतबाट तलब दिने गरी खरिदारसरहको दरबन्दी सिर्जना गरिएको छ । त्यसका लागि मासिक २३ हजार ५ सय रुपैयाँ पारिश्रमिक दिइन्छ । कानुनी रुपमा भने मिलाउन अप्ठ्यारै छ । नगरपालिकाका कानुन अधिकृत विकास आचार्यका अनुसार स्वकीय सचिव राख्दा विधि पूरा गरिएको होइन । वार्षिक एक लाख रुपैयाँभन्दा बढी रकम दिनुपरे व्यक्तिले स्थायी लेखा नम्बर परिचय पत्र (प्यान नम्बर) लिनुपर्छ ।

नगरपालिका एेनमा स्वकीय सचिव राख्ने ब्यवस्था नभए पनि मिलेमतोमा नगरप्रमुख र उप-प्रमुख दुबै जनाले नगरपालिकाको अान्तरिक श्रोतबाट ब्यहोर्ने गरि स्वकीय सचिव राखेका छन् ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

प्रतिकृयाहरू
...