सहिद बहुमुखी क्याम्पसकाे उत्तरी क्षेत्रकाे जङ्गलमा बम विस्फोट भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गए राति करिब १०:१५ बजेकाे समयमा बम बिस्फोट भएकाे जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणी पाेखरेलले बताए ।
गाउँ र क्याम्पसलाई लक्षीत गरि गराईएकाे विस्फाेट विप्लव नेत्र्तवकाे माअाेवादीले नै गराएकाे अांशका प्रहरीले गरेकाे छ । बम पड्काउनेकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएको छ ।