Saturday 1st February 2025

टाउकोमा चोट लागेकी उदयपुरकी पार्वती पोख्रेल १६ दिन देखि बेहोश, उपचारको लागि सहयोगको अपिल


तितोपाटी – टाउकोमा चोट लागेकी उदयपुरकी पार्वती पोख्रेल १६ दिन देखि बेहोश छिन भने उनको उपचारको लागि आफन्तजनले सहयोगको अपिल गरेका छन् । गत भाद्र २७ गते आफ्नै घरको सिंढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी बेलका नगरपालिका उदयपुरकी ४१ वर्षीया पार्वतीको अहिले न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

पार्वतीको अझै होश नआएको हुँदा घर परिवार निकै चिन्तित छन् । परिवारको आर्थिक स्थिति पनि धेरै कजोर रहेको हुँदा जीवन र मृत्यु सँग लडिरहेकी पार्वतीको उपचारार्थ आर्थिक अभाव भएकोले सक्दो सहयोग गरिदिन परिवारजनले अनुरोध गरेको छ्न ।

पार्वतीका १७ वर्षको एक छोरा र ११ वर्षकी एक छोरी छन् । आमाको यो अबस्था हुँदा ती बालबालिकाले पढाईमा समेत समस्य झेल्नुपरेको छ । तपाई हाम्रो सानो सहयोगले पीडित बिरामीलाई नयाँ जीवन मिल्नेछ भन्दै देश बिदेशमा रहनु हुने सम्पूर्ण बुद्धिजीवि समाजसेवी आमाबुवा दाजुभाइ दिदीबहिनी सहयोगी मनहरुलाई सकेको सहयोग गरिदिन हुन अनुरोध गर्दै इच्छुक सहयोगदाताले तपसिल बमोजिमका पार्वतीका भाइहरूलाइ सिधै सम्पर्क गरी वा एभरेष्ट बैंकको बैंक खातामा सहयोग रकम जम्मा गरिदिन सक्ने जनाइएको छ ।

सहयोगको लागि सम्पर्कः

असोक कुमार ढकाल (भाइ) –  ९८०७७७८८२१
अर्जुन ढकाल (भाइ) – ९८१३४९८७४७
बैंकको खाता नम्बर :- ०४७१०५०१२००३२२ एभरेस्ट बैंक
खाता वालाको नाम :- असोक कुमार ढकाल


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

"७५० फिल्स" मै चिकेन बिरियानी, मःमः पनि "७५० फिल्स"! सुन्दा अचम्म लाग्छ तर यो कुरा सत्य हो । मंफाफ स्थित…

इजरायलले हमासको सूचीले गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गरिने ३३ बन्दीहरूमध्ये आठ जनाको मृत्यु भएको देखाएको बताएको छ। सरकारी…

प्रतिकृयाहरू
...