Tuesday 8th September 2026

टाउकोमा चोट लागेकी उदयपुरकी पार्वती पोख्रेल १६ दिन देखि बेहोश, उपचारको लागि सहयोगको अपिल


तितोपाटी – टाउकोमा चोट लागेकी उदयपुरकी पार्वती पोख्रेल १६ दिन देखि बेहोश छिन भने उनको उपचारको लागि आफन्तजनले सहयोगको अपिल गरेका छन् । गत भाद्र २७ गते आफ्नै घरको सिंढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी बेलका नगरपालिका उदयपुरकी ४१ वर्षीया पार्वतीको अहिले न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

पार्वतीको अझै होश नआएको हुँदा घर परिवार निकै चिन्तित छन् । परिवारको आर्थिक स्थिति पनि धेरै कजोर रहेको हुँदा जीवन र मृत्यु सँग लडिरहेकी पार्वतीको उपचारार्थ आर्थिक अभाव भएकोले सक्दो सहयोग गरिदिन परिवारजनले अनुरोध गरेको छ्न ।

पार्वतीका १७ वर्षको एक छोरा र ११ वर्षकी एक छोरी छन् । आमाको यो अबस्था हुँदा ती बालबालिकाले पढाईमा समेत समस्य झेल्नुपरेको छ । तपाई हाम्रो सानो सहयोगले पीडित बिरामीलाई नयाँ जीवन मिल्नेछ भन्दै देश बिदेशमा रहनु हुने सम्पूर्ण बुद्धिजीवि समाजसेवी आमाबुवा दाजुभाइ दिदीबहिनी सहयोगी मनहरुलाई सकेको सहयोग गरिदिन हुन अनुरोध गर्दै इच्छुक सहयोगदाताले तपसिल बमोजिमका पार्वतीका भाइहरूलाइ सिधै सम्पर्क गरी वा एभरेष्ट बैंकको बैंक खातामा सहयोग रकम जम्मा गरिदिन सक्ने जनाइएको छ ।

सहयोगको लागि सम्पर्कः

असोक कुमार ढकाल (भाइ) –  ९८०७७७८८२१
अर्जुन ढकाल (भाइ) – ९८१३४९८७४७
बैंकको खाता नम्बर :- ०४७१०५०१२००३२२ एभरेस्ट बैंक
खाता वालाको नाम :- असोक कुमार ढकाल


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...