Saturday 25th July 2026

झापामा कपडा पसलमा आगलागी हुँदा ५ करोड बढिको क्षति


तितोपाटी – झापाको दमकमा एक थोक कपडा पसलमा बिहीबार राति आगलागी हुँदा करीब रु पाँच करोड मूल्य बराबरको क्षति भएको छ ।

दमक वडा नं ७ पशुहाटमा व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आएको बिएण्डबी सप्लायर्स होलसेल पसलमा राति १२ बजेतिर अचानक आगलागी हुँदा रु पाँच करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । विद्युत् चुहिएर पसलमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ ।

आगलागीका कारण उक्त पसलमा रहेका कपडा, एसीसहित इलेक्ट्रोनिक्सका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।आगलागी करीब एक घण्टापछि दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

-रासस


सम्बन्धित शीर्षकहरु

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

प्रतिकृयाहरू
...