Friday 4th September 2026

कुवेतमा मृत्यु भएकी झापाकी सुमित्रा लिम्बुको परिवारलाइ सम्पर्कमा आउन दूतावासको आग्रह


हरि कृष्ण न्यौपाने – सन २०१३ मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न आएकी झापाकी ४१ बर्षिय सुमित्रा जबेगु लिम्बुको गत मेई २८ तारिक,२०१९ का दिन कुवेतमा मृत्यु भएको थियोे।बिरामी भए पछि उपचारको लागि अस्पताल भर्न्ना  गरिएकि सुमित्राको अस्पतालमै मृत्यु भएको र हाल सम्म पनि मृतकको घर-परिवार वा आफन्तजनसंग सम्पर्क हुन नसक्दा उनको शबलाई नेपाल पठाउन सकिएको छैन ।

पाँचथर जिल्लाबाट सन २०१३ फेब्रोवरी २७ तारिक जारी गरिएको राहदानी नं-०३६४६६७४ को मृतकको राहदानिमा उनको भाइको नाम नैना लिम्बु उल्लेख गरिएको छ भने स्थायी ठेगाना महाभारा-३ झापा जनाइएको छ।नेपाली नागरिकता नं-०४०१-६९-१०४२० रहेकी सुमित्रा जगेबुको शब परिवार वा आफन्त जनसंग सम्पर्क हुन नसक्दा कुवेतको अस्पतालमै रहेको छ।

नेपाली राजदुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटि डट कमसंग भने “मृतक सुमित्राको शबलाई नेपाल पठाउने सम्पुर्ण कानुनी प्रकृया पूरा भई सकेको छ ।उनको परिवार वा आफन्तजन कोहि संग पनि सम्पर्क हुन नसक्दा उनको शबलाई नेपाल पठाउन सकिएको छैन ।”

राहदानिको फोटोमा देखिएकी झापा महाभारा-३कि मृतक सुमित्रा जबेगु लिम्बुलाइ कसैले चिन्नु हुन्छ वा उनको परिवार एबं नातेदारलाई चिन्नु हुन्छ भने नेपाली दूतावास कुवेतको हटलाइन नं-००६५ ९८८६९१२१ वा कोसेली समूह कुवेत(तितोपाटी डट कम)मा सम्पर्क गर्नु होला ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...