Thursday 15th January 2026

संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री केपि ओलीले साँझ ५ बजे सिंह दरवारमा पत्रकार सम्मेलन गर्दै


तितोपाटी – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अवरोधका कारण संसदमा आफ्ना भनाई राख्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आह्वान गरेका छन् । गुठी विधेयक, युरोप भ्रमण र समसामयिक राजनीतिबारे आफ्ना धारणा सार्वजनिक प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन ।प्रधनमन्त्री ओली अहिले साँझ ५ बजे सिंहरवारमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीले संसदमा आफ्ना कुरा राख्ने तयारी भए पनि प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधले संसदमा संवोधन गर्न नपाएपछि पत्रकार सम्मेलनमार्फत जनतामाझ आफ्ना धारणा राख्न लागिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ति विषयमा आफ्ना धारणा राख्न प्रतिनिधिसभाको मंगलबारको बैठकमा रोष्ट्रममा पुगे पनि प्रधानमन्त्री बोल्न पाएका थिएनन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताले पहिला बोल्न पाउनुपर्ने माग गरेर नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेपछि बैठक अवरुद्ध भएको थियो ।

 


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...