Sunday 20th September 2026

संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री केपि ओलीले साँझ ५ बजे सिंह दरवारमा पत्रकार सम्मेलन गर्दै


तितोपाटी – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अवरोधका कारण संसदमा आफ्ना भनाई राख्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आह्वान गरेका छन् । गुठी विधेयक, युरोप भ्रमण र समसामयिक राजनीतिबारे आफ्ना धारणा सार्वजनिक प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन ।प्रधनमन्त्री ओली अहिले साँझ ५ बजे सिंहरवारमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीले संसदमा आफ्ना कुरा राख्ने तयारी भए पनि प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधले संसदमा संवोधन गर्न नपाएपछि पत्रकार सम्मेलनमार्फत जनतामाझ आफ्ना धारणा राख्न लागिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ति विषयमा आफ्ना धारणा राख्न प्रतिनिधिसभाको मंगलबारको बैठकमा रोष्ट्रममा पुगे पनि प्रधानमन्त्री बोल्न पाएका थिएनन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताले पहिला बोल्न पाउनुपर्ने माग गरेर नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेपछि बैठक अवरुद्ध भएको थियो ।

 


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...