Sunday 21st December 2025

मंगला गाउँपालिका -३ बरंजामा खेल मैदान निर्माण कार्य शुरु


तितोपाटी – म्याग्दी जिल्लाको मंगला गाउँपालिका -३ बरंजामा गतिशील युवा क्लब र सरस्वती आमा समुहको सहकार्यमा खेल मैदान तथा भवन निर्माण कार्य शुरु भएको छ । अनुमानित २० लाखको लागतमा उक्त खेल मैदान निर्माण गर्न लागिएको क्लबका सचिब सुबास श्रेष्ठले तितोपाटीलाई जानकारी गराएका छन ।

“सचेत, संगठित सम्पूर्ण शक्तिको एकता, सभ्य समाज निर्माणमा हाम्रो प्रतिबद्धता” मुल नाराका साथ बि.स. २०६८ सालमा स्थापना भएको क्लबले विभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहेको छ । स्थानीय रुपमा खेल विकासका लागि विभिन्न खेलकुद प्रतियोगिताहरु र कला संस्कृतिको संरक्षण गर्दै आइरहेको छ । केही समय पहिले क्लबको आयोजनामा स्वास्थ्य शिबिर पनि संचालन गरेको थियो । त्यसैगरी क्लबले बाटोघाटो मर्मत लगायत नदिहरुमा अस्थायी पुलको पनि निर्माण गर्दै आएको छ । खेलाडीले लामो समयदेखि खेल मैदानको अभाव भएको हुँदा कुनै पनि खेलको तयारी गर्न नसकिएको गुनासो गर्दै आएका छन । भलिबल खेलमा म्याग्दी जिल्ला मै बरंजाका खेलाडीहरु उत्कृष्ट स्थानमा पर्दछ । अब खेल मैदान सम्पन्न हुन लागेको हुँदा त्यस क्षेत्रका खेलाडीहरु पनि खुशी भएका छन ।
उक्त खेल मैदान बनाउनको लागि देश तथा बिदेशबाट सहयोग गर्ने सम्पुर्ण सहयोगी महानुभावहरुलाई क्लब सचिब सुबास श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन । क्लबका अध्यक्ष गीता आचार्यले खेल मैदान निर्माण गर्नको लागि अझै केही रकम अभाव भएको हुँदा देश तथा बिदेशमा कार्यरत बरंजेलीहरु लाई सहयोगको याचना गरेका छन ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...