Tuesday 8th September 2026

“जिवन” – जय नारायण माझी थारू


!!जिवन !!

संसार  न त तिम्रो हुन्छ, न त मेरो हुन्छ।
न प्रसिद्धि तिम्रो हुन्छ, न मजाक मेरो हुन्छ।

घमण्ड नगर यो नासवान शरीरको..
खरानी मेरो पनि हुन्छ,खरानी तिम्रो पनि हुन्छ।।

जिवनमा खाली राम्रो होस भनेर सोच्नेहरु..
मृत्युपछि ओढाउने कात्रो कहिले राम्रो हुन्छ।।

काेही रोएर मनलाई खुशी पार्छन त
काेही हाँसेर मनको पीडा लुकाउँछ्न ।।

कस्तो लिला रहेछ भगवानको, मनिस जिउँदाेमा डुब्छन भने..
मरेको मानिस पानीमा तैरिएर रहेका हुन्छन ।।

यहाँ एकता धेरै राम्रो देखेको छु मानिसमा..
जिउँदाेलाइ खसाउने र मुर्दालाई उठाउने ।।

जिवनमा कसलाई थाहा छ र कुन दिन अन्तिम हुन्छ
या कुन रात अन्तिम हुन्छ भनेर …..।।

सबै सँग मिलिजुली, हातेमालो गरि कुरा गर्दै बसौ
एक अर्काको अन्तिम मिलन कहिले हुन्छ, थाहा हुदैन ।।
यही नै हो संसारको  रीत , यही नै हो जिवनको मित ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...