Sunday 25th October 2026

“जिवन” – जय नारायण माझी थारू


!!जिवन !!

संसार  न त तिम्रो हुन्छ, न त मेरो हुन्छ।
न प्रसिद्धि तिम्रो हुन्छ, न मजाक मेरो हुन्छ।

घमण्ड नगर यो नासवान शरीरको..
खरानी मेरो पनि हुन्छ,खरानी तिम्रो पनि हुन्छ।।

जिवनमा खाली राम्रो होस भनेर सोच्नेहरु..
मृत्युपछि ओढाउने कात्रो कहिले राम्रो हुन्छ।।

काेही रोएर मनलाई खुशी पार्छन त
काेही हाँसेर मनको पीडा लुकाउँछ्न ।।

कस्तो लिला रहेछ भगवानको, मनिस जिउँदाेमा डुब्छन भने..
मरेको मानिस पानीमा तैरिएर रहेका हुन्छन ।।

यहाँ एकता धेरै राम्रो देखेको छु मानिसमा..
जिउँदाेलाइ खसाउने र मुर्दालाई उठाउने ।।

जिवनमा कसलाई थाहा छ र कुन दिन अन्तिम हुन्छ
या कुन रात अन्तिम हुन्छ भनेर …..।।

सबै सँग मिलिजुली, हातेमालो गरि कुरा गर्दै बसौ
एक अर्काको अन्तिम मिलन कहिले हुन्छ, थाहा हुदैन ।।
यही नै हो संसारको  रीत , यही नै हो जिवनको मित ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...