Friday 6th March 2026

पन्थीको नेतृत्व र कोसेलीको भविष्य


तोयानाथ उपेक्षित – कोसेलीको प्रधान सम्पादकमा नबराज पन्थीको नियुक्ति सर्वसम्मतीमा हिँजो भयो । कोसेली पत्रिकाको भाग्य र भविश्य अब उनको हातमा गएको छ । त्यसो त कोसेलीको पृष्ठभागमा पन्थिको लामो योगदानलाई चानचुने मान्नु हुदैन । जो जो प्रधान सम्पादक हुदै आएको भए पनि कोसेली संञ्चालनको मुख्य व्यक्ति मध्ये उनी एउटा राम्रो क्षमता भएका पत्रकार हुन र त्यही रुपमा विगतका कोसेलीका प्रधान सम्पादकहरुको जस अपजसको ईतिहासमा उनको बपौती छ भन्नेमा दुविधा छैन ।

पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण न्यैपानेको स्वच्छिक त्याग र उनकै प्रस्तावमा पन्थीको नियुक्ति कोसेलीको परम्पराको एउटा कडी नै हो । विगतमा कोसेलीको पूर्व प्रधान सम्पादक राजन रिमालले आफै प्रस्तावक भएर नेतृत्व हस्तान्तरण गर्नु भएको परम्परा अविछिन्न कायम छ । उहाँले एकताका मलाई आफ्नै प्रस्तावमा प्रधान सम्पादक बनाउनु भएको थियो । मेरो ६ बर्षे कार्यकाल पछि हरिकृष्ण न्यैपानेमा सर्यो । त्यसै गरि कोसेलीको एमडी सुजुन केसीले आफ्नै स्वच्छाले आनन्द आर्चायलाई पद हस्तान्तरण गर्नु भयो । यसरी नै कोसेली सिंगो समुहको अध्यक्ष राजन रिमालबाट ईन्द्र पोखरेल, मनु मगर हुदै नेतृत्व पुस्तान्तरण हुदै आईरहेको छ । कहिल्यै प्रतिस्पर्धा नहुनु तर एउटैले मात्र पदमा टेवा लिन नखोज्नु कोसेलीको अव्वल संस्कृति हो । हिजो नबराज पन्थीलाई सर्वसम्मतीले कोसेलीको प्रधान सम्पादकको कार्यभार सुम्पनु पनि त्यही संस्कृतिको देन हो । उहाँको कार्यसफलताको हार्दिक शुभकामना ।

पन्थीले कोसेलीलाई कुन रुपमा हाक्ने हुन त्यो भने हेर्न पर्ने हुन्छ । अरुको सहयोगी हुँदा र आफू नायक हुँदा मानिसको क्षमताको जादु फरक रुपमा प्रस्तुत हुने गर्दछ । यदि त्यसो भएन भने नेतृत्व परिर्वतनको औचित्य पुष्टि हुदैन । हिँजोको दिन र आजका दिनमा परिस्थिती र पत्रकारीताको परम्परागत तौर-तरिका बदलिएका भनेर कोसेलीलाई यथास्थितीमा राख्ने छुट पनि कसैलाई छैन । जे जे बदलिए पनि आखिर समाचार लेख्ने पत्रकारले नै हो । उसको ईमान्दारिता र पत्रकारिताको ज्ञानमा सिंगो संस्थाको गरिमा र विश्वसनियता बाँचेको हुन्छ । फेसबुकका लाईभले समाचार सिद्ध्यायो भन्ने तर्क बास्तविकत कुरा हैन । फेसबुकको लाईभ पानीको फोका जस्तो हो । कतिबेला सम्म टिक्छ थाहा हुन्न । न त त्यसलाई आधिकारिताको रुपमा कसैले हेर्न मिल्छ ?
कोसेलीको गरिमालाई माथि उठाउन कसैको एक्लो प्रयास मात्र पर्याप्त नहुन सक्छ । पन्थीका अगाडी सहकर्मीको सहयोग र अग्रजहरुको सुझाव अनिवार्य हुन जान्छ । समाचार लाईभमा हुदैन त्यहाँ विज्ञापन मात्र हुन्छ । समाचार पत्रकारको विवेक र मेहनतमा हुन्छ भन्ने सवैले बुझियो भने कुनै लाईभ कार्यक्रमले समाचार खान्छ भन्ने बुझाई मिथ्या हो भनेर सिद्ध गर्न सकिन्छ यसमा ध्यान दिन जरुरी छ । समाचार साभार गर्नु अल्छिले केराको खेती गर्नु जस्तो हो । समाचार चोर्नु त झन अपराध नै हो । समाचार खोजमुलक र विश्लेषणात्मक बनाउनमा ध्यान दिनुले मिडियाको बौद्धिकता र प्रत्रकारको क्षमता प्रस्तुत गर्ने हुँदा अब कोसेलीले त्यस कुरामा ध्यान दिन जरुरी छ ।

कोसेलीमा कुवेतको बौद्धिक जमात छ । कोसेलीमा अनुभव भएका मानिसहरुको भण्डार छ । कोसेलीमा भिजन र मिसनको कुनै अभाव छैन । बस यसको संयोजन मात्र गर्न सके पत्रकार नबराज पन्थीको कार्यकाल सफल र कोसेलीको भविश्य उज्वल हुने कुरामा कुनै शंका छैन ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...