Tuesday 8th September 2026

ओखलढुंगाको चम्पादेवीमा खानेपानीको समस्या


तितोपाटी – ओखलढुंगामा दिनदिनै खानेपानीको हाहाकार चर्किदैछ । खडेरीले पानीको मूल सुकेको छ । धुलो/फोहोर र गर्मीले पानीको खपत बढेको छ । एकातर्फ पानीको परिमाण घट्दो छ भने माग बढ्दो छ । चम्पादेवी गाउँपालिकाका अनुसार वडा नम्बर १ र २ मा अन्य वडा भन्दा धेरै पानीको हाहाकार रहेको छ ।

बैशाख, जेठ महिना लागेसंगै पानीका मुहान सुक्दै गएका छन् । चम्पादेवी गाउँपालिका वडा १ र २ बढी प्रभावित भएका छन् । स्थानीय सरकारसँग अपेक्षा राखेका यहाँका जनता २ वर्षसम्म पनि काम नभएपछि उदास बनेका छन् । यी दुई वडामा ११ सय घर रहेका छन् । चम्पादेवी गाउँपालिका वडा १ र २ मा प्रसस्त खाने पानीका मुहान छैनन् । भएका मुहान पनि गर्मीयामले सुकिसकेका छन् ।

टाढाबाट खानी ल्याउँने बजेट नभएको स्थानीय बताउँछन् । स्थानीय मकुवा खोला, पुनाखोला, गिद्दे मुहान लगायत क्षेत्रबाट एक–एक थोपा संकलन गरी पाइप मार्फत ल्याइएको पानी गाउँमा पर्याप्त नभएको स्थानीयको भनाइ छ ।

गाउँमा रहेको खानेपानी समस्या दिर्घाकालीन रुपमा समाधान गर्न चम्पादेवी गाउँपालिकाले खासै चासो नदेखाएको स्थानीयको आरोप छ । गाउँपालिकाले भने १ हजार ४ सय ५० सय मिटर तल रहेको लिखु खोलाबाट लिफ्टिङ गरेर पानी ल्याउने डीपीआर तयार पारेको बताएको छ ।

खानेपानीको समस्या समाधान गर्न स्थानीयले आग्रह गर्दै आएका छन् । बन विनाशबाट पानीका मुहान सुक्न थालेपछि स्थानीय चिन्तित छन् ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...