Monday 30th March 2026

अध्यक्षद्वयले आलोपालो सरकार चलाउनुपर्छ, कि प्रधानमन्त्रीले पद छोड्नुपर्छ


तितोपाटी- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा नेता वामेदव गौतमले एकै व्यक्ति दुई पदमा हुन नहुने बताएका छन्।

प्रेस सगंठन प्यूठानले शुक्रबार जुर्मीमा आयोजना गरेको पत्रकार भेटकाट कार्यक्रममा बोल्दै नेता गौतमले अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुन नसक्ने बताए।

‘कि अध्यक्षद्वयले आलोपालो सरकार चलाउनुपर्छ, हैन भने प्रधानमन्त्रीले अध्यक्ष पद छाड्नुपर्छ,’ नेता गौतमले पत्रकार भेटघाटमा भने।

नेकपामा दुई अध्यक्षबीच भएको सहमति कार्वान्वयन हुनु पर्ने उनले बताए।

‘नेतृत्वले सहमति बुझ्नुपर्छ, त्यो सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिन्छ,’ गौतमले भने। नेकपाले सरकार सञ्चालनको लागि पाँच वर्षको ‘म्यान्डेट’ पाएको भए पनि पार्टी एकीकरणको सहमति उल्लंघन भए ‘खलल्’ उत्पन्न हुने उनले बताए।

‘यसले गर्दा पार्टी एकता बिथोलिने खतरा छ, जे सहमति भएको छ, त्यही अनुरुप पार्टी अगाडि बढ्नुपर्छ,’ उनले भने।

गौतमले दुई अध्यक्षका बीचमा भएको सहमति कार्यान्वय भएरै छाड्ने पनि बताए।

नेतृत्व परिवर्तन गर्न आवश्यक भइसकेको आशय व्यक्त गर्दै उनले एउटै व्यक्ति दुवै पदमा रहँदा पार्टी एकताको ‘स्पिरिट’ अनुसार अगाडि बढ्न कठिन हुने धारणा राखे।

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको पनि त्यस्तै धारणा रहेको बताउँदै उनले सबैलाई मिलाएर लैजान आवश्यक रहेको बताए। यसअघि पनि प्रचण्डले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै पार्टी एकीकरण हुँदा भएको पाँच बुँदे सहमति कार्यान्वयन हुनुपर्ने धारणा व्यक्त गरेका थिए।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...