Tuesday 16th June 2026

प्रधानमन्त्री ओली र मोदीबिच भेटवार्ता


तितोपाटी –

प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चुनिएका मोदीको सपथमा भाग लिन प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ गएका थिए। भेटवार्ताका क्रममा दुई प्रधानमन्त्रीले आपसी सम्बन्ध, विशेषत: जनताबीचको सम्बन्ध, अझ गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीटरमार्फत जानकारी गराएका छन्। बिहीबार सपथमा सहभागी भएका प्रधानमन्त्री ओली दिउँसो पौने ४ बजे स्वदेश फर्कने कार्यक्रम छ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...