Tuesday 16th June 2026

समकक्षीको सपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री ओली भारत प्रस्थान


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए। त्यस अवसरमा प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाले सलामी पनि अर्पण गरेको थियो।

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेका थिए। प्रधानमन्त्री ओली आजै साँझ हुने मोदीको सपथग्रहण समारोहमा सहभागी हुने र भोली स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री शुशिल कोइराला सहभागी भएका थिए। भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओेलीसहित विमस्टेक राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीले भारत रहँदा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ। भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिने सम्भावना रहेको बताइएकाे छ। प्रधानमन्त्री ओली शुक्रबार ३ः४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...