तितोपाटी- एयरहोस्टेजको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङ जिल्ला घोराही उपमहानगरपालिका-१५ घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ लैनचौर बस्ने वर्ष २६ को भरत खड्का रहेका छन् ।
खड्कामाथि काठमाडौँ गल्फुटार बस्ने क्रिपा लिम्बु, उर्मिला चौधरी र गोमा विश्वकर्मालगायतलाई एयर होस्टेजको जागिर लगाइदिन्छु भनी ६ लाख ठगी गरी सम्पर्क बिहिन भएको आरोप लागेको छ।
उनीहरुको जाहेरीका आधारमा खड्कालाई बालाजुबाट पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको अपराध महाशाखाले जनाएको छ ।