Monday 30th March 2026

उपराष्ट्रपति पुन भोली अष्ट्रिया जाँदै, यस्तो छ भ्रमण तालिका


तितोपाटी- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ यूरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि भोली (आईतबार) विहान त्यसतर्फ प्रस्थान गर्न लागेका छन् ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन् ।

उपराष्ट्रपति पुन कतार एयरवेजको विमानमार्फत आइतबार विहान ९ः२० बजे दोहा हुँदै अष्ट्रिया प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी हुन्छन् ।

अष्ट्रिया भ्रमणको क्रममा उपराष्ट्रपति पुनले जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्नेछन् । भ्रमणको क्रममा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्नेछन् ।

उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । सो केन्द्र भियनाको बहुपक्षीय कूटनीतिक केन्द्रको रुपमा रहेको छ ।

अष्ट्रियामा रहँदा उपराष्ट्रपतिले अष्ट्रियास्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् ।

भ्रमणको क्रममा उनले अष्ट्रियामा रहनुभएका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । उपराष्ट्रपति पुन भ्रमण सकाएर जेठ १८ गते स्वदेश फर्किनेछन् ।

आर–२० युरोपका शक्तिशाली २० मुलुकहरुको समूह हो । यो वातावरण कार्वनडाईअक्साइड उत्सर्जन गर्न बढी जिम्मेवारी औद्योगिक देशहरुको समूह हो ।

संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य र पेरिस संझौताका जनादेशहरु हासिल गर्न सहयोग हुने गरी अष्ट्रियामा हरेक वर्ष यो सम्मेलन हुँदै आएको छ । सम्मेलनमा विभिन्न मुलकका राष्ट्रपति, उपप्रमुख तथा प्रधानमन्त्रीहरु सहभागी हुनेछन् ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...