Wednesday 15th April 2026

धादिङमा कारागारका कैदी होटलमा मस्ती गर्दै


तितोपाटी – अपराध गरेर प्रमाणित भएमा सजायका लागि अभियुक्तलाई कारागारमा थुनिन्छ। कैद सजाय भुक्तान नहुन्जेलसम्म अभियुक्त उपचारबाहेक कुनैपनि अवस्थामा कारागारबाट बाहिर निक्लिन नपाउने नियम छ । धादिङ कारागारका एक कैदी सदरमुकामका होटलमा मस्ती गरिरहेको भेटिएका छन् । यतिखेर जवरजस्ती करणी अपराधमा सजाय भुक्तान गरिरहेका उत्तरी धादिङ रुवीभ्याली गाउँपालिका–४ सेर्तुङका प्रेम तामाङले जिल्ला सदरमुकामको एक होटलमा मस्ती गरिरहेको भिडियो भाइरल भएको छ । रोचक त के छ भने कारागारको कैदीलाई होटलको कोठाभित्र एक महिलासँग छाडिएको छ भने कोठामा बाहिरबाट ताल्चा लगाई कैदीलाइ होेटलमा पुर्‍याउने सादा पोशाकमा रहेका प्रहरी र कारागार सहनाइकेहरू बाहिर बसी रक्सी पिउँदै पहरा दिइरहेका छन् ।

जवरजस्ती करणीको अभियोगमा २०७० जेठ २३ गते जिल्ला अदालत धादिङबाट ११ वर्षको जेल सजाय सुनाइएका प्रेम तामाङ धादिङ कारागारका सहायक नाइकेमध्ये एक हुन् । कारागारका चौकीदार र कारागार प्रशासनको मिलेमतोमा कैदी बाहिर भेटिएपछि कारागारको सुरक्षामा प्रश्न उठेको छ ? ठूलै रकमको चलखेल गरी कारागारभित्रको कैदीबन्दीहरूलाई सुरक्षाकर्मी र चौकीदारको मिलेमतोमा मोजमस्तीको लागि बाहिर लैजाने गरेको तथ्य खुलेको हो । धादिङ कारागारमा लिामो समयदेखि टोक बहादुर तामाङ चौकीदार थिए । अहिले रुपेश चापागाँई चौकीदार छन् ।

गम्भीर बिरामी भएको खण्डमा र कुनै विशेष परिस्थितिको लागि मात्रै कैदीबन्दी बाहिर पठाउने गरेको धादिङ कारागार कार्यलयका निमित्त प्रमुख मदनकुमार श्रेष्ठले बताए । ‘हामीले चिठीपत्र बनाएर सुरक्षाकर्मीहरूको जिम्मा लगाएर मात्रै बाहिर पठाउछौँ, श्रेष्ठले भने–‘उपचारका लागि र विशेष कामको लागि गएका कैदीबन्दीहरू होटलमा भेटिए भने नैतिक जिम्मेवारी त कारागारको हुन्छ तर हामीले सबै जिम्मेवारी सुरक्षाकर्मीलाई दिएका हुन्छौँ । उनीहरूको मिलेमतो हुन सक्छ ।’


सम्बन्धित शीर्षकहरु

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

कुवेतले आफू कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय द्वन्द्वको पक्षमा नरहेको र आफ्नो भूमि कुनै पनि देशमाथि आक्रमण गर्न प्रयोग हुन…

प्रतिकृयाहरू
...