Thursday 27th August 2026

मिडिया काउन्सिल विधेयकका विषयमा राप्रपाले पनि मुख खोल्यो


तितोपाटी- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक’मा प्रेस स्वतन्त्रतालाई हनन् हुने गरी राखिएका प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ।

पार्टीको मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो विधेयकमा समावेश गरिएको प्रेस स्वतन्त्रतालाई हनन् हुने खालको सबै प्रावधान हटाउन सरकारसँग माग गरेको हो। संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रता प्रतिकूल हुने गरी सो विधेयकमा समावेश गरिएको सबै प्रावधान तत्काल हटाउन सरकारसँग माग गरिएको पार्टीका सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

लोकतन्त्रको मापदण्ड र विश्व समुदायले अभ्यास गरिरहेको प्रचलनका विरुद्धमा हुने गरी सरकारले सो विधेयकमा केही प्रावधान समावेश गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको निष्कर्ष रहेको उनले बताए ।

बैठकमा पार्टीका नेताहरुले मुलुकमा हिन्दु राष्ट्र पुनस्थापना हुने गरी संगठनको कामकार्वाहीलाई गतिशील हुने गरी कार्ययोजना तय गर्न पनि पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएका थिए।

यी हुन् राप्रपाले गरेका निर्णयहरु :

१. मुलुकमा लोकतन्त्रको अभ्यास भईरहेको बेला सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयकका केही दफाहरुले प्रजातन्त्रको मेरुदण्डको रुपमा रहेको प्रेस स्वतन्त्रतालाई नियन्त्रित तथा संकुचित बनाउने प्रयास गरेको छ । प्रेस बिरुद्धको कठोर दृष्टिकोण र मिडिया काउन्सिलको स्वयत्तताको हनन गर्ने प्रयास दूभाग्र्यपूर्ण छ । विधेयकमा रहेका विवादास्पद र पत्रकारका हक, हित र स्वतन्त्रता विरोधी प्रावधानहरुलाई सम्बन्धित पक्षहरुसँग छलफल गरेर संशोधन गर्न राप्रपा सरकारसँग माग गर्दछ ।

२. दोश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा जेष्ठ २४ गते मुस्ताङ जिल्लाको मुक्तिनाथबाट प्रारम्भ भई गोरखामा समापन गरिनेछ ।

३. केन्द्रीय कार्य समितिको बैठक आगामी असार ६ र ७ गते काठमाडाैँमा बस्ने ।

४. हिन्दुराष्ट्र पुनस्र्थापनाको माग गरी मलुकभरी संकलन गरिएको हस्ताक्षर असार ६ गते काठमाडौंमा सरकारलाई बुझाउने ।

५. आगामी जेष्ठ १५ गते पार्टी स्थापना दिवस बृहत कार्यकर्ता भेला लगायतका कार्यक्रम गरी मनाउने र उक्त कार्यक्रम तयारीको लागि प्रदेश नं. ३ का अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा समिति गठन गरिएको छ ।

६. संसदमा प्रस्तुुत भएका र प्रस्तुत हुने विधेयक सम्बन्धमा राप्रपाका साँसदहरुलाई सल्लाह, सुझाव दिन नेता निरञ्जन थापाको संयोजकत्वमा विधेयक परामर्श समिति गठन गरिएको छ ।

७. पार्टीको अक्षयकोष स्थापना सम्बन्धमा सुझाव दिन प्रवक्ता नीलकण्ठ काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...