तोपाटी- अर्घाखाँचीको भुवनपाटामा मंगलबार साँझ बस दुर्घटना हुदा २५ जना घाईते भएका छन् । घाईतेमध्ये ८ जनाको अबस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । सुपादेउराली मन्दिर दर्शन गरेर बुटवलतर्फ आउँदै गरेको लु १ ख ७९४१ नम्बरको बस गोरूसिङगे सन्धिखर्क सडक खण्डको भुवनपाटाको पुलमा दुर्घटना भएको हो ।
घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । अन्य १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको छ । बस पुलमाथी आउदा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भएपनि बस चालक निकै चनाखो भएर सडकको भित्तामा बस ठोक्काएर ठूलो दुर्घटना हुनबाट जोगाएका छन् । पुल करिब सितखोलाबाट ४ सय मिटर अग्लो पडाडको खोचमा छ ।
चालक सिपालु र चनाखो भएर मात्र बाच्न सकियो नत्र सिधै खोलामा बस खसेर सदाको लागि संसारबाट बिदा हुने घाईते रूपन्देही बुटवल उपमहाँनगर पालीका १३ का कृष्ण बहादुर थापाले बताए । बुटवल मोतिपुर बाट सुपादेउराली दर्शनका लागी गएको थियो ।
घाईते हुनेहरूमा रूपन्देही बुटवल उपमहानगर पालिका १९ का १९ बर्षिय अम्रिता थारू , सोहि ठाँउका १२ वर्षीय साझा थारू, २० वर्षीय सिल्फा थारू, ६० वर्षीय जनम तुलारी , रूपन्देही मोतिपुर १९ का ८ वर्षीय अजय थारू ,रूपन्देही सैनामैना ९ का २२ वर्षीय प्रदिप कुवर , रूपन्देही मोतिपुर १७ का ३८ बर्षिय ताराप्रसाद थारू,३० वर्षीय मन्जु थारू र बुटवल उपमहानगर पालीका १३ का ३१ बर्षिय कृष्णबहादुर थापालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज भैरहवा पठाइएको छ ।