Monday 7th September 2026

अर्घाखाँचीमा बस दुर्घटना, २५ जना घाइते


तोपाटी- अर्घाखाँचीको भुवनपाटामा मंगलबार साँझ बस दुर्घटना हुदा २५ जना घाईते भएका छन् । घाईतेमध्ये ८ जनाको अबस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । सुपादेउराली मन्दिर दर्शन गरेर बुटवलतर्फ आउँदै गरेको लु १ ख ७९४१ नम्बरको बस गोरूसिङगे सन्धिखर्क सडक खण्डको भुवनपाटाको पुलमा दुर्घटना भएको हो ।

घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । अन्य १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको छ । बस पुलमाथी आउदा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भएपनि बस चालक निकै चनाखो भएर सडकको भित्तामा बस ठोक्काएर ठूलो दुर्घटना हुनबाट जोगाएका छन् । पुल करिब सितखोलाबाट ४ सय मिटर अग्लो पडाडको खोचमा छ ।

चालक सिपालु र चनाखो भएर मात्र बाच्न सकियो नत्र सिधै खोलामा बस खसेर सदाको लागि संसारबाट बिदा हुने घाईते रूपन्देही बुटवल उपमहाँनगर पालीका १३ का कृष्ण बहादुर थापाले बताए । बुटवल मोतिपुर बाट सुपादेउराली दर्शनका लागी गएको थियो ।

घाईते हुनेहरूमा रूपन्देही बुटवल उपमहानगर पालिका १९ का १९ बर्षिय अम्रिता थारू , सोहि ठाँउका १२ वर्षीय साझा थारू, २० वर्षीय सिल्फा थारू, ६० वर्षीय जनम तुलारी , रूपन्देही मोतिपुर १९ का ८ वर्षीय अजय थारू ,रूपन्देही सैनामैना ९ का २२ वर्षीय प्रदिप कुवर , रूपन्देही मोतिपुर १७ का ३८ बर्षिय ताराप्रसाद थारू,३० वर्षीय मन्जु थारू र बुटवल उपमहानगर पालीका १३ का ३१ बर्षिय कृष्णबहादुर थापालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज भैरहवा पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...