Friday 8th August 2025

सिके राउतको दल दर्ता, पाए कानूनी बैधता


तितोपाटी- सिके राउत नेतृत्वको जनमत पार्टी सोमबार निर्वाचन आयोगमा वैधानिक रुपमा दर्ता भएको छ ।

खुला राजनीतिमा आएपछि सिके राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ वैशाखमा आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए ।

जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार सोमबार आयोगले वैधानिक रुपमा पार्टी दर्ता गरेपछि सो दलले थप काम अगाडि बढाउने छ । गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेपछि राउत नेतृत्वको समूहले ‘जनमत पार्टी’ नामको दल सञ्चालन गरेको हो ।

यसअघि राउतसहित उनका कार्यकर्ताले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेसको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका थिए ।


सम्बन्धित शीर्षकहरु

दिल्ली, अगस्ट ६ , भारतले चाँडै नै फिलिपिनी पर्यटकहरूलाई निःशुल्क ई-भिसा प्रदान गर्नेछ, जुन दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ…

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

प्रतिकृयाहरू
...