तितोपाटी-५० लाख देउ, केपी ओलीलाई मारिदिन्छु’ भनेर फेसबुकमा कमेन्ट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका वडा नं. २ घर भई काठमाडाैँको बानेश्वरमा बस्ने ३४ वर्षका लालबहादुर तामाङ रहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारिदिन्छु’ शिर्षकमा प्रकाशित समाचारमा सलिम योञ्जन तामाङ भाई नाम फेसबुक आईडीबाट लालबहादुरले ‘५० लाख दिनुस् ओलीलाई मारिदिन्छु’ भनेर कमेन्ट गरेका थिए ।
त्यसपछि उनको खाेजीमा रहेको अपराध महाशाखाको टोलीले सोमबार बानेश्वरबाट पक्राउ गरि आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।
तामाङलाई बिद्युतिय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको महाशाखाले जनाएको छ ।