Tuesday 11th November 2025

आर्थिक अभावको कारण उपचार नहुँदा ५ वर्षदेखि साङ्लोमा


तितोपाटी – कपिलवस्तुका एक युवा आर्थिक अभावको कारण उपचार नहुँदा ५ वर्षदेखि साङ्लोमा  बाँधिन बाध्य भएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका–६ सुठौलीका टंक प्रसाद न्यौपानेको मानशिक सन्तुलन गुमेपछि उपचार अभावका कारण घरमै साङ्गलो बाँधिएर बसेका हुन। न्युन आयश्रोत भएको परिवारका न्यौपाने विगत ५ वषदेखि मानशिक रोगको शिकार भए पनि आर्थिक अवस्था कमजोर भएपछि परिवारले उपचार गराउन सकेका छैनन् ।

उनले घर परिवार र छरछिमेकमा उपद्रो मच्चाउन थालेपछि बाध्य भएर परिवारले नै काठको मुढामा साङ्लोले बाँधेर राखेका छन् । बृद्ध बाबुआमाको रेखदेख गर्नु्पर्ने उमेरको छोरालाई उल्टै पशुसरह साङ्गले बाँधेर राख्नु पर्दा असह्य पीडा भएको छ उनका परिवारलाई । अति विपन्न उनीहरुको घरमा बिजुलीसम्म छैन । भएको सोलार प्यानल टंकले फोडेपछि अहिले टुकीको भर पर्नुको विकल्प छैन । भएको खेतबारी बेचे पनि उपचारको लागि पर्याप्त पैसा नभएपछि उनलाई घरमै यो अवस्थामा राख्नु परेको परिवारको गुनासो छ ।

उनका लागि वडा कार्यालयले सहयोगको अपिल गर्दै एउटा सिफारिस बनाइदिएको छ । उनकी आमा त्यही कागज देखाएर घर–घरमा सहयोग जुटाउदै हिँडिरहेकी छन् ।

-न्युज२५नेपाल टिभि


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...