Thursday 27th August 2026

आर्थिक अभावको कारण उपचार नहुँदा ५ वर्षदेखि साङ्लोमा


तितोपाटी – कपिलवस्तुका एक युवा आर्थिक अभावको कारण उपचार नहुँदा ५ वर्षदेखि साङ्लोमा  बाँधिन बाध्य भएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका–६ सुठौलीका टंक प्रसाद न्यौपानेको मानशिक सन्तुलन गुमेपछि उपचार अभावका कारण घरमै साङ्गलो बाँधिएर बसेका हुन। न्युन आयश्रोत भएको परिवारका न्यौपाने विगत ५ वषदेखि मानशिक रोगको शिकार भए पनि आर्थिक अवस्था कमजोर भएपछि परिवारले उपचार गराउन सकेका छैनन् ।

उनले घर परिवार र छरछिमेकमा उपद्रो मच्चाउन थालेपछि बाध्य भएर परिवारले नै काठको मुढामा साङ्लोले बाँधेर राखेका छन् । बृद्ध बाबुआमाको रेखदेख गर्नु्पर्ने उमेरको छोरालाई उल्टै पशुसरह साङ्गले बाँधेर राख्नु पर्दा असह्य पीडा भएको छ उनका परिवारलाई । अति विपन्न उनीहरुको घरमा बिजुलीसम्म छैन । भएको सोलार प्यानल टंकले फोडेपछि अहिले टुकीको भर पर्नुको विकल्प छैन । भएको खेतबारी बेचे पनि उपचारको लागि पर्याप्त पैसा नभएपछि उनलाई घरमै यो अवस्थामा राख्नु परेको परिवारको गुनासो छ ।

उनका लागि वडा कार्यालयले सहयोगको अपिल गर्दै एउटा सिफारिस बनाइदिएको छ । उनकी आमा त्यही कागज देखाएर घर–घरमा सहयोग जुटाउदै हिँडिरहेकी छन् ।

-न्युज२५नेपाल टिभि


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...