Sunday 29th September 2024

सल्यानका विभिन्न स्थानमा आगलागी: २ को मृत्य , एक गम्भीर घाइते


तितोपाटी- छत्रेश्वरी गाउँपालिका वडा नम्बर-६ रामकाडामा भएको भीषण आगलागीमा एकजनाको ज्यान गएको छ भने सिमपानीका ८ घर जलेर नष्ट भएका छन् ।

सिमपानीसम्म पुगेको आगो निभाउने क्रममा सिमपानीका ५५ बर्षीया प्यान्टी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टि गरेको छ । आगोमा परेर त्यसै ठाउँका ४० वर्षीय खगेन्द्र बोहरा गम्भीर घाइते भएका छन् ।

आगो नियन्त्रणमा लिन गाह्राे भइरहेकाे छत्रेश्वरी-६ का अध्यक्ष चुडामणि दसौतीले जानकारी दिनुभयाे । शुक्रबार बिहानदेखि सल्किएको आगो बीचमा रहेको सिमपानी गाउँ घेरेर चारैैतिरको जंगलमा फैलिएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय लुहाम, श्रीनगरको टोली, सशस्त्र प्रहरी र स्थानीयहरु पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेकाे प्रहरीले जनाएकाे छ।

यस्तै शारदा नगरपालिका-९ दुवेरी पुनटोलका ६३ वर्षीय गोवर्धन पुनको स्थानीय काफलखोली सामुदायिक वनमा भएको आगलागीमा परेर ज्यान गएको छ । वैशाख २४ गते घरबाट निस्किएका पुन परिवारको सम्पर्कमा नआएपछि खोजी गर्दा जंगलमा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर पंचलाल गोलेले बताउनुभयो ।

यसैबीच सल्यानको ठाउँठाउँमा आगलागीले भीषण रुप लिएको छ । अहिले शारदा नगरपालिका २ लुहापिङमा रहेको सशस्त्र व्यारेक नजिकै आगलागी भएको प्रहरीले जनाएको छ । कपुरकोट गाउँपालिकाको मुलपानीमो आगलागीले पनि स्थानीय ब्रिजलाल खड्काको घर जलेर नष्ट भएको छ ।

शारदा नगरपालिका-१०, मदना नजिकै आगलागीले एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानका अधिकांश वन जंगलहरु सल्लाको भएकाले आगलागी हुने गरेको देखिएकोले सजग रहन प्रहरीले सबैलाई अपिल गरेको छ ।

साभार उज्यालो


सम्बन्धित शीर्षकहरु

गुलामनबी मंसूर- परदेशको यात्रामा हुनु भनेको एउटा ठूलो संघर्ष हो, विशेष गरी जब कोही आफ्नो देशबाट लखेटिएको हुन्छ। यस्तो अनुभव…

एजेन्सि - इजरायलले लेबनानमा जारी आक्रमणमा हिजबुल्लाहका प्रमुख नेता हसन नसरल्लाह मारिएका छन् । हिजबुल्लाहले नै नसरल्लाह मारिएको पुष्टि गरेको…

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथीभरा केवलकार कोसे ढुङ्गो साबित हुने बताएका छन्।…

प्रतिकृयाहरू
...