Tuesday 14th April 2026

जबरजस्ती मदिरा पिलाएर बलात्कार


तितोपाटी- जबर्जस्ती करणी अभियोगमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो ।

कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले होटलको व्यवस्था मिलाइ दिने तथा होटलको भाडासमेत तिरिदिने भनी आश्वासन देखाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

खड्काले युवतीलाई मदिरा सेवन गर्न लगाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति Donald Trump ले मध्यपूर्व युद्धका क्रममा यदि बेइजिङले इरानलाई सैन्य सहयोग गरेको प्रमाण भेटिए चीनबाट अमेरिका प्रवेश गर्ने…

रुसले इरानको समृद्ध (enriched) युरेनियम आफ्नो नियन्त्रणमा लिन प्रस्ताव अझै खुला रहेको जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति…

रूस–युक्रेन युद्धमा पहिलो पटक मानवरहित सैन्य प्रणालीमार्फत शत्रुको एक स्थान कब्जा गरिएको युक्रेनी राष्ट्रपति Volodymyr Zelenskyy ले बताएका छन्। उनका…

प्रतिकृयाहरू
...