Sunday 29th September 2024

जबरजस्ती मदिरा पिलाएर बलात्कार


तितोपाटी- जबर्जस्ती करणी अभियोगमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो ।

कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले होटलको व्यवस्था मिलाइ दिने तथा होटलको भाडासमेत तिरिदिने भनी आश्वासन देखाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

खड्काले युवतीलाई मदिरा सेवन गर्न लगाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

गुलामनबी मंसूर- परदेशको यात्रामा हुनु भनेको एउटा ठूलो संघर्ष हो, विशेष गरी जब कोही आफ्नो देशबाट लखेटिएको हुन्छ। यस्तो अनुभव…

एजेन्सि - इजरायलले लेबनानमा जारी आक्रमणमा हिजबुल्लाहका प्रमुख नेता हसन नसरल्लाह मारिएका छन् । हिजबुल्लाहले नै नसरल्लाह मारिएको पुष्टि गरेको…

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथीभरा केवलकार कोसे ढुङ्गो साबित हुने बताएका छन्।…

प्रतिकृयाहरू
...