Friday 19th December 2025

भारतीय नागरिक नेपालको वडा अध्यक्ष !


तितोपाटी – कपिलवस्तुको यशोधरा गाँउपालिका ५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ । उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन् । लहिश पठानले भातरबाट नइम खानका नाममा आधार कार्ड लिएका छन् । भारतमा बाबुको नाममा रफिक खान लेखाएका छन् । यिनै व्यक्तिले नेपालमा कपिलवस्तु जिल्लाबाट बाबुको नाम जमिल पठान उल्लेख गरेर लहिश पठानको नाममा नागरिकता लिएका छन् ।

अहिले उनी वडा कार्यालयमा वडा अध्यक्षका रुपमा काम गरिरहेका छन् । नेपाल र भारतको नागरिकताको बिषयमा कुरा गर्दा आफूलाई फसाउन कोही व्यक्तिले बनाइदिएको हुन सक्ने गैर जिम्मेवार जवाफ दिन्छन् । तर, हामीले उनलाई दोहोर नागरिकताको प्रमाण पेश गरेपछि भने नाजवाफ हुन्छन । यो विषयमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले छानबिन गरिरहेको छ । उनी विरुद्ध दोहाराे नागरिकता मुद्धा चलिरहेको प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पोखरेलले बताए ।

दोहोरो नागरिकताधारी वडा अध्यक्ष पठानमाथि यस अघि सरकारी जग्गा किर्ते तथा लागुऔषध मुद्धामा चलेको थियो । लागूऔषधको मुद्धामा उनले सफाइ पाए पनि सरकारी जग्गा किर्तेको मुद्धा अदालतमा चलिरहेको छ ।

-न्यूज२४नेपाल बाट


सम्बन्धित शीर्षकहरु

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

प्रतिकृयाहरू
...