Saturday 3rd October 2026

फ्रान्सको राजधानी पेरिसमा ८५० वर्ष पुरानो विश्व प्रसिद्द चर्चमा भिषण आगलागी


तितोपाटी – फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्ष पुरानो प्रसिद्ध चर्च नोट्र–डाम गिर्जाघरमा आगलागी भएको छ । सोमबार राति त्यहाँको ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा आगलागी भएकाे जनाइएकाे छ । आगलागीको कारण खुल्न सकेको छैन । तर सरकारी अधिकारीहरूले सो जिर्गाघरको जीर्णोद्धार भैरहेकोले जिर्णोद्धारको क्रममै भएको कुनै असावधानीका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । आगलागी अझैं नियन्त्रणमा आएको छैन।

पेरिसकाे आइफल टावरनजिकै रहेकाे साे चर्चकाे साढे ८ सय वर्ष पुरानो गोथिक भवनमा लागेको आगो नियन्त्रणमा लिन ठूलो स्तरमा प्रयास भइरहेको छ । सो गिर्जाघरको छाना र शिखर ध्वस्त भएको बिबिसीले जनाएको छ । गत वर्ष फ्रान्सको क्याथोलिक गिर्जाघरले जीर्ण भएको भन्दै सो भवनलाई जोगाउनका निम्ति सहयोग गर्न अपिल गरेको थियो । संसारकै सबभन्दा पुरानो क्याथेड्रलमध्येको एक रहेको उक्त चर्चमा वर्षेनी लाखौँ सङ्ख्यामा पर्यटक घुमघामका लागि र प्रार्थना गर्नसमेत पुग्ने गर्दथे ।

आगलागीको दृश्य हेर्न हजारौँ मानिस सडकमा निस्केका छन् । घटनास्थल पुगेका राष्ट्रपति एमानुएल माक्रोँले क्याथोलिक र फ्रान्सेली नागरिकप्रति आफ्नो समवेदना रहेको बताए ।

आगलागीकाे घटनापछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले दु:ख व्यक्त गरेका छन् । उनले फ्रान्सको लागि एक अमुल्य सम्पतीका रुपमा रहेको ऐतिहासिक चर्चलाई पुरानै अवस्थामा र्फकाउने प्रतिबद्धता जनाएका छन् ।

आगलागीबाट मानवीय क्षति भएकाे विवरण अहिलेसम्म आएकाे छैन । यद्यपि चर्चका थप कलाकृतिहरु क्षति हुन नदिन र आगो नियन्त्रणमा ल्याउन अग्निनियन्त्रकहरु खटिएका छन् ।

-एजेन्सी

#अागलागी #चर्च #फ्रान्स #पेरिस


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...